खेलकुद

साविक विजेता लिभरपुलको सानदार जित, डर्टमुन्डलाई इन्टर मिलानले हरायो

युरोपियन च्याम्पियन्स लिगको बुधबारको खेलमा पनि बलिया क्लब विजयी भएका छन्।

समूह ‘ई’ को खेलमा साविक विजेता लिभरपुलले सानदार जित हात पारेको छ। लिभरपुलले बेल्जियन क्लब आरसी जेन्कलाई ४–१ ले हरायो।

लिभरपुलका लागि चेम्बरलियनले दोस्रो र ५७ मिनेटमा गरी २ गोल गरे। साडियो मानेले ७७ र मोहमद सलाहले ८७ मिनेटमा गोल थपे।

समूह ‘ई’ कै खेलमा इटालियन क्लब नापोलीले रेड बुल साल्जवर्गमाथि ३–२ को जित हात पारेको छ।

समूह ‘एफ’ इटालियन क्लब इन्टर मिलानले जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि २–० को जित हात पारेको छ। यहि समूहको खेलमा स्पेनिस क्लब बार्सिलोनाले साल्भिया प्रागलाई २–१ गोलले पराजित गरेको छ।

बार्सिलोनाका लागि मेसीले तेस्रो मिनेटमा पहिलो गोल गरेका थिए। ५७ मिनेटमा प्रागका ओलायिन्काले आत्मघाती गोल गरेपछि बार्सिलोनालाई फाइदा पुगेको थियो।

समूह ‘जी’ मा जेइपजिङले जेनिथ सेन्ट पिटर्सवर्ग तथा बेन्फिकाले लियोनलाई समान २–१ गोलले पराजित गरेको छ।

समूह ‘एच’ मा इंग्लिस क्लब चेल्सीले डच क्लब अयाक्समाथि १–० को जित हात पर्दा फ्रेन्च क्लब लिली र स्पेनिस क्लब भ्यालेन्सियाले १–१ को बराबरी खेलेका छन्। चेल्सीको जितमा मिची वाट्शुआसीले खेल सकिन चार मिनेट बाँकी छदा गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *