मनोरंजन

तस्वीरमा जरीनको नयाँ लुक

अभिनेत्री जरीन खान केही समय अघिसम्म कास्टिङ काउचको विषयलाई लिएर चर्चामा थिइन् । अहिलेको समय उनी आफ्नो आगामी फिल्म ‘डाका’को प्रोमोशनमा ब्यस्त छन् । फिल्म डाकामा अभिनेत्री जरीनको साथमा पाँलीउड अभिनेता गिप्पी ग्रेवल पनि मुख्य भूमिकामा छन् । ‘डाका’ पञ्जावी फिल्म हो ।

जरीनले डाका फिल्मको बारेमा इन्स्टाग्राममा जानकारी दिइरहेकी छन् । फिल्म प्रोमो शनको क्रममा अभिनेत्री जरीन दिल्ली पुगेकी छन् । प्रोमोशन सुरु गर्नुपूर्व अभिनेत्री जरीनले फोटो क्लिक गराएकी छन् ।

आफ्नो फरक लुकमा जरीन निकै सुन्दर देखिएकी छन् । जरीनको डाकालाई बलजीत सिंह देवले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *