मनोरंजन

बालिका सशक्तिकरण र आत्मनिर्भर आजको आवश्यकता : तापसी–भूमी

बलिउडका दुई सुन्दर र कुशल अभिनेत्रीद्वय तापसी पन्नु र भूमी पेड्नेकरले बालिका सशक्तिरकण गर्ने संकल्प लिएका छन् । यी दुई अभिनेत्रीको यस उद्देश्यका लागि प्लान इन्डिया एनजिओले हात मिलाएका छन् ।

अभिनेत्री तापसीले भनिन्–‘यस महान उद्देश्यसँग जोडिन पाउँदा मलाई निकै खुसी लागिरहेको छ । बालिका सशक्तिकरण, उनीहरुलाई पढाउन र आत्मनिर्भर बनाउन आवश्यक छ ।’

एक कार्यक्रममा उपस्थित भएर यी दुई अभिनेत्रीहरुले प्लान इन्डिया एनजीओका बाच्चाहरुको साथमा कुराकानी गर्नेछन् र फोटो सेसन गर्नेछन् । यसै कार्यक्रम मार्फत उनीहरुले उक्त एनजीओलाई चेक पनि हस्तान्तरण गर्नेछन् ।

अभिनेत्री भूमीले भनिन्–‘फिल्म ‘सांड कि आंख’ पूर्ण रुपमा बालिका र महिला सशक्तिकरणको विषयमा छ । यस्तो फिल्मको हिस्सा बन्न पाउँदा मलाई खुसी लाग्छ ।’ तापसी र भूमीको सांड कि आंख दीवालीको अवसरमा २५ अक्टोवरबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *