मनोरंजन

अर्जुनको अँगालोमा मलाइका

अभिनेता अर्जुन कपुरले आफ्नो गर्लफ्रेण्ड मलाइका आरोडाको जन्मदिन सेलिब्रेट गरिरहेका छन् । भर्खरै अभिनेता अर्जुनले गर्लफ्रेण्ड मलाइकासँगको आफ्नो मिलान होलिडेको एक रोमिान्टक तस्वीर सेयर गरेर बी–टाउनका तहल्का नै मच्चाएका छन् । अर्जुनले सेयर गरेका तस्वीर देखेर मलाइका–अर्जुनका साथीहरु इमोशनल बनेका छन् ।

अर्जुनले यस रोमान्टिक तस्वीर सेयर गरेर आफ्नो मायाको सबुत दिएका छन् । तस्वीरमा उनीहरुको केमेष्ट्री राम्रो देखिएको छ । यस तस्वीरलाई सेयर गर्दै अर्जुनले हार्ट इमोजी पनि बनाएका छन् ।

तस्वीरमा अर्जुनले मलाइकाको शिरमा चुम्बन गरिरहेका छन् । त्यस्तै अभिनेत्री मलाइका भने अर्जुनको अँगालोमा न्यानो मायाको महसुस गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *