प्रमुख समाचार

भिटेन ‘समीर घिसिङ’को गितमा थिए यस्ता शब्द, जसले पु्¥यायो हिरासत

काठमाण्डौ । पछिल्लो सयम गितका शब्दमा अश्ल्लि र समाजमा विृकति भित्र्याउने खालका शब्द प्रयोग हुन थालेपछि कलाकारहरु कानुनी दायरामा आउन थालेका छन् ।केही दिनअघि मात्रै गायक दुर्गेश थापा पक्राउ परे र कानुनी प्रक्रिया पूरा गरेर छुटे ।

आज चर्चित ‍¥यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो ।उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

भिटेनले प्रहरीलाई गालीगलौज गरेको आरोप प्रहरीले लगाएको छ । ’चुरोट’देखि ’हाल खबर’ शीर्षकसम्मका गीतमा प्रहरीलाई उनले ’डन्ठे’ भन्ने शब्द प्रयोग गरेका छन् । यसअघि पनि विभिन्न र्‍यापबाट चर्चामा आएका उनले यस गीतमा पनि प्रहरीलाई डन्ठे भनेका छन् ।

गीतमा उनले ’पुलिस चौकीभित्रै गर्छु दारु खाँदै मस्ती’ भन्ने वाक्य प्रयोग गरेका छन् ।यसैगरी उनले प्रहरीलाई इंगित गर्दै ’डन्ठेहरुलाई ’फक’ साइन। अनि हान्दै हिँड्छु थग लाइफ’ समेत भनेका छन् ।युवाबीच लोकप्रिय उनलाई पछिल्लोपटक पोखरामा स्टेज कार्यक्रममा ढुंगा प्रहार गरिएको थियो । त्यतिबेला उनलाई प्रहरीले बचाएका थिए ।

पछिल्लो पटक सरकार उरन्ठेउला गीतलाई नियन्त्रणमा लिन तीव्र रुपमा लागिपरेको देखिन्छ । पशुपति शर्माको गीत विवादमा आए पनि उनलाई पक्राउ भने गरिएन ।

यसो त भिटेनका गीतहरुमा छाडा शब्द प्रयोग भए पनि सकारात्मक सन्देश पनि भरिएका हुन्छ ।भिटेनको खासै नसुनिने खाते नेता भन्ने गितमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गाली गरेका छन् । यस्तै गरी उनले यस गीतमा माओवादीलाईसमेत गाली गरेका छन् ।

भिटेनको वास्तविक नाम समीर घिसिङ हो । ‘गरिबी ‘ गीतबाट ‍¥याप यात्रा थालेका उनी ‘सिमसिमे पानी’ गीतबाट युट्युब ट्रेन्डिङमा छाएका थिए । दर्जन बढी गीत गाइसकेका उनी पछिल्लो समय देशविदेशमा कन्सर्टहरुमा समेत व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *