अन्तरास्ट्रिय

किमले भनेः ट्रम्पसँगको मेरो सम्बन्ध ‘विशेष’ छ

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो सम्बन्ध विशेष भएको बताएका छन्।उत्तर कोरियाली संचारमाध्यम केसीएनएका अनुसार किमले ट्रम्पसँगको सम्बन्ध सुमधुर र विशेष किसिमको भएको बताएका हुन्।

केसीएनएका अनुसार किमले भने,‘ट्रम्पसँगको मेरो सम्बन्ध विशेष छ।’किमका सल्लाहकार किम काइ ग्वानले पनि किम र ट्रम्पमा ‘विश्वासको भावना’ भएको बताएका छन्।

किम काइ ग्वान अमेरिका र उत्तर कोरियाबीच परमाणु वार्ता हुँदा उत्तरका तर्फबाट प्रतिनिधि थिए। उनले अमेरिका र उत्तर कोरियाबीच विवादको अवस्था नभएको बताएका छन्।

दक्षिण कोरियाले निर्माण गरेका होटलहरु भत्काउन किमको आदेश
उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाले निर्माण गरेका सबै होटलहरु भत्काउन आदेश दिएका छन्।किमले उत्तर कोरियामा रहेको होटलहरु जुन दक्षिण कोरियाले निर्माण गरिदिएका थिए ती सबै होटलहरु भत्काउन आदेश दिएको बीबीसीले जनाएको छ।

उत्तर कोरियाका पर्यटकीय स्थलहरुमा निर्माण भएका होटलहरु प्राय दक्षिण कोरियाको कम्पनीले निर्माण गरेका छन्।माउट कुमगाङमा रहेको एक होटललाई किमले ‘प्रकोप प्रभावित क्षेत्रको अस्थायी पालहरु’ भएको संज्ञा दिएका छन्। उक्त कम्प्लेक्स दक्षिण कोरियाले निर्माण गरेको थियो।

उत्तर कोरियाले हालैका दिनमा आत्मनिर्भरताको कार्यक्रम ल्याएको छ। सोही योजनाअनुसार किमले दक्षिणले निर्माण गरिदिएको होटल भत्काउन लगाएको अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *