काठमाडौं : निर्देशक तथा कलाकार निश्चल बस्नेत अभिनित चलचित्र ‘घामड शेरे’को अन्तिम समयमा मल्टिप्लेक्सले न्यून शो दिएपछि आक्रोश पोखेका छन्।
कात्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘घामड शेरे’ प्रदर्शन मिति पछाडि धकेलिएपछि आफ्ना अगाडि कुनै वितरक, हलवाला र केही चलचित्रकर्मीले नेपाली चलचित्रको विकासका लागि काम गर्दैछौँ नभन्न चेतावनी दिएका हुन्। उनले भनेका छन्, ‘अब फिल्म कसरी रिलिज गर्नुपर्छ भन्नेबारे म गम्भीर भएको छु।’
निर्माण पक्षले रिलिजको २ दिन अगाडि आफ्नो प्रदर्शन मिति पछि सारेको छ। चलचित्रको वितरण कम्पनले चलचित्रको प्रदर्शन मिति कात्तिक २२ मा सरेको जानकारी दिएको छ। बस्नेतको अभिव्यक्तिप्रति समर्थन जनाउँदै अर्का कलाकार तथा निर्माता रवीन्द्र सिंह बानियाँले हल मालिकहरूको लाचारी पनि स्पष्ट देखिएको बताए।
बानियाँले भने, ‘हामी गुणको आधारमा शो दिन्छौं कसैको दबाब र प्रभावमा पर्दैनौ भनेको लाचारीपन देख्न पाइएको छ।’नेपाली फिल्मको उत्थानमा अहम् भूमिका खेल्ने हामी नै हौं भन्ने हलसाहुको अनुहार एउटा सार्वजनिक ठाउँमा हेर्ने रहर भएको बाँनियाले कटाक्ष गरेका छन्।