प्रमुख समाचार

सुविधा दिन नपर्दा मालिक खुसी हुनु स्वभाविक : मन्त्री विष्ट

काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकलाई कम तलब दिने वा सुविधा नदिने अभ्यास रोजगरादाताबाट हुन खोज्नुलाई स्वभाविक मान्नु पर्ने बताएका छन्। सामाजिक सुरक्षा कोषमा रोजगारदाताको दर्ता कम भएको सवालमा उनले श्रमिकको सुविधा नदिन वा नबढाउने अनेक प्रयत्न हुने कुरालाई स्वभाविक मान्नु पर्ने बताएका हुन्।

‘सुविधा नदिई कामदारलाई काम लगाउन पाइन्छ, पाइएको छ, भने उसले यताउता गर्ने, टार्ने वा नदिनको लागि प्रयत्न गर्नुलाई त स्वभाविक मान्नु पर्छ’ बिहीबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री विष्टले भने ‘अब कानुन बनाइएको छ। श्रमजीविको सामाजिक सुरक्षाको लागि ल्याइएको यो कार्यक्रम कार्यान्वयन हुन्छ नै।’

मन्त्री विष्टले पत्रकारहरूलाई पनि आफ्नो जीवनको सुरक्षालाई ध्यानमा राख्नको लागि आग्रह गरे। ‘मैले जीवनभर पत्रकारिता गरेको केही अग्रजहरू देखेको छु, ६०/६५ वर्ष पत्रकारिता गरे, अहिले उपचार गर्दा हात फैलाउनु पर्ने अवस्था छ’ विष्टले भने।

उनले अहिलेसम्म करिब नौ हजार प्रतिष्ठान दर्ता हुने कुरा न्यून नभएको संकेत गरकेा छन्। विकासित देशमा समेत यस्तो अभ्यास गरेको तीन/चार वर्षपछि विवरण संकलन गरेको अवस्थामा नेपालले ११ महिनाकै अवस्था यो स्थितिमा आउनु राम्रो पक्ष भएको उनले बताए।

सामाजिक सुरक्षा कोषको कारण नेपाललाई लगानीको वातावरण भएको देशका रूपमा बढी नम्बर नआएको प्रतिवेदन आएको सवालमा हुन नागरिकको सुरक्षा नगरी लगानी भित्र्याउनुको जरुरी नभएको समेत टिप्पणी गरे। सरकारले संचालन गरकेका अन्य कोष बराबरको सुविधा नदिएको कारण आकर्षण कम देखिएको सवालमा भने मन्त्री विष्टले जन्मनेबित्तकै रोनाल्डोको जस्तै गोल खोजेको टिप्पणी गरे।

‘हाम्रो समस्या ५०/६० वर्षदेखि संचालन भएको कार्यक्रमसँग एक वर्ष पनि नभएको कार्यक्रमको सेवासुविधा हेर्ने देखियो, भरखर जन्मिएको बच्चाबाट रोनाल्डोको जस्तै गोलको अपेक्षा राख्नु राम्रो हैन’ मन्त्री विष्टले भने।

उनले सामाजिक सुरक्षा कोषमा आउनु ऐच्छिक कुरा नभई अनिवार्य भएको भन्दै कोषमा अब पनि नआए कानुन अनुसारको प्रकिया अघि बढाइने बताएका छन्। साथै अबका दिनमा नागरकि लगानी कोष र कर्मचारी संचय कोषले सरकारका कर्मचारीबाहेकका संचयकर्ताको विवरण नलिने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *