मनोरंजन

जाह्नवीले कपडाबाट प्राइस ट्याग निकाल्न भुलिन्, सामाजिक सञ्जालमा उड्यो मजाक

एजेन्सी– बलिउड अभिनेत्रीहरूका फेशन स्टेटमेन्टलाई करोडौंले फलो गरेका हुन्छन् । यस्तोमा फ्यानहरूले सेलिब्रेटीका पहिरनमा पनि आँखा लगाएका हुन्छन्।

तर यसपटक जाह्नवी कपूर यसपटक सामाजिक सञ्जालमा ट्रोल बनिरहेकी छन् । उनले भूलवश आफ्नो पहिरनको ‘प्राइस ट्याग’ निकाल्न भुलिन् । उनको यस गल्तीलाई मिडियाका क्यमाेराले कैद गरे । त्यसपछि उनी मजाकको पात्र बनिन् ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘प्राइस ट्याग’ बिना कपडा फिर्ता गर्न नपाउने भएकाले प्राइस ट्याग नहटाएको भनेर मजाक गरेका छन् । उनले एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसमा प्राइस ट्याग देखिन्छ ।

जाह्नवी आफ्नो आगामी फिल्म ‘दोस्ताना २’को तयारीमा छिन् । यस फिल्ममा उनी कार्तिक आर्यनसँग देखिँदैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *