खेलकुद

पारस फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी, आबुधाबीबाट टी–१० खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी पारस खड्का अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी बनेका छन् ।

हालै कप्तानीबाट राजीनामा दिएका पारसले युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी–१० लिगमा खेल्ने भएका हुन् । उनी टिम आबुधाबीबाट टी–१० लिगमा आवद्ध भएका छन् ।यसअघि नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले मात्र विदेशी फ्रेन्चाइज लिग खेलेका छन् ।

पारस १० हजार डलरमा आबु धाबीमा अनुबन्धित भएका हुन् । पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । यस्तै टी–१० पारसको पहिलो विदेशी फ्रेन्चाइज लिग हो ।आबुधाबीमा मोइन अली, मोहम्मद अमिर, ल्युक राइट, कोरि एन्डरसन, रोहन मुस्तफा लगायतका खेलाडी रहेका छन्।

नेपालका अर्का खेलाडी सन्दीप लामिछानेले पनि खेल्ने छन् । सन्दीपले यस सिजन कर्नाटका टुसकेर्सबाट खेल्ने छन् । सन्दीपले भने ४५ हजार डलर पाउने छन् ।नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने लिगमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *