खेलकुद

इंग्ल्याण्डविरुद्धको सिरीजका लागि न्यूजिल्याण्डका कप्तान विलियम्सन टिममा परेनन्

एजेन्सी । न्यूजिल्याण्डका कप्तान केन विलियम्सन इंग्ल्याण्डविरुद्धको टी २० सिरीजका लागि टिमबाट बाहिरिएका छन । उनी चोटका कारण टिममा नपरेका हुन ।

नोभेम्बर एक तारिखबाट सुरु हुने प्रतियोगिताका लागि कप्तान केनको हिपमा चोट लागेका कारण आराम दिइएको छ । यसअघि पनि उनी बंगलादेश विरुद्धको टेष्ट क्रिकेटमा पनि टिम बाहिर रहेका थिए ।

२९ बर्षे केनको अनुपस्थितीमा टीम साउदीले न्यूजिल्याण्डको कप्तानी गर्नेछन । इंग्ल्याण्डविरुद्ध न्यूजिल्याण्डले पाँच वटा टी २० खेल खेल्नेछ । यस्तै दुई वटा टेष्ट खेल्नेछ ।

तिब्रगतिका बलर लोकी फर्गुसन यो प्रतियोगिताका लागि टिममा सावेश गरिएको छ। उनी प्रतियोगिताको पहिलो तीन खेल खेल्नेछन्। यस्तै घाइते ट्रेन्ट बोल्टलाइ चौथो र पाँचौ खेलमा टिममा राखिएको छ । यता इंग्ल्याण्डले साम बिलिङलाई टिमको उपकप्तान बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *