प्रमुख समाचार

केपी ओलीले जनता ढाँटेपछि कांग्रेस प्रवेशको ओइरो, नेकपामा बसिरहन कार्यकर्तालाई लाज !

कैलाली – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनताका जनतालाई रेलदेखि पानीजहाजसम्मका गफ दिएका थिए ।

वृद्धवृद्धालाई मासिक पाँच हजार वृद्धभत्ता दिने आश्वासन दिएर भोट मागेको भएपनि दुई पटक बजेट ल्याइसक्दा वृद्धभत्ता पाँच हजार पुगेको छैन । पाँच हजार वृद्धभत्ता पुर्‍याउने भनेर गाउँगाउँमा भोट भाग्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कार्यकर्ता अहिले प्रधानमन्त्री ओलीका कारण लज्जित महसुस गरिरहेका छन् ।

केपी ओलीले खुलेआम जनता ढाँटेपछि लज्जित भएका नेकपा कार्यकर्ता लाज छोप्न नेपाली कांग्रेसमा प्रवेश गरिरहेका छन् । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१९ कृष्णनगरमा नेकपा परित्याग गरी ६१ जनाले कांग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रबार कृष्णनगरको नेपाली कांग्रेस वडा कार्यसमितिद्वारा आयोजित दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा ६१ जनाले नेकपा परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेका छन् ।

वडामा रहेको तटबन्ध, विद्युत् लगायतका समस्या हालसम्म कुनै निकायले समाधानको लागि सुनवाइ नगरेको र निर्वाचनका बेला गफ दिएर अहिले काम नगरेको भन्दै आफूहरू कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीले बताएका छन् । नेपाली कांग्रेसको खबरदारीले मात्रै जनताको समस्या समाधान हुने आशा रहेको उनीहरूले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नगर सभापति नृपबहादुर वडले कार्यक्रममा बोल्दै वडा नम्बर १९ मा रहेका समस्या समाधानको लागि आफू लागिपरेको बताएका छन् । नेपाली कांग्रेस वडा नम्बर १९ का सभापति होमप्रसाद गौतम कार्यक्रमका सभापति थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *