खेलकुद

विश्व टेष्ट च्याम्पियनसिपका लागि इंग्ल्याण्डले श्रीलंकाको भ्रमण गर्ने

एजेन्सी । विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत दुई खेलको टेष्ट सिरिजका लागि इंग्ल्याण्डले श्रीलंकाको भ्रमण गर्ने भएका छन् ।

इंग्ल्याण्डले आगामी मार्चमा श्रीलंकाको भ्रमण गर्नेछ । र, दुई खेलको टेष्ट सिरिज खेल्नेछ । इंग्ल्याण्ड र श्रीलंकाबीचको पहिलो टेष्ट मार्च १९ देखि २३ सम्म गलेमा हुनेछ । यस्तै दोस्रो टेष्ट मार्च २७ देखि ३१ सम्म कोलम्बोमा हुनेछ ।

दुई खेलको टेष्टअघि दुई टिमले दुई खेलको अभ्यास खेल खेल्नेछ । टेष्ट च्याम्पियनसिपको अंक तालिकामा श्रीलंका तेस्रो स्थानमा रहेको छ । यस्तै इंग्ल्याण्ड पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *