राजनिति

प्रधानमन्त्री नपाए प्रचण्डले पार्टी फुटाउने, यसरी भइरहेको छ तयारी ! (सनसनीपूर्ण खुलासा)

काठमाडौं– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच पछिल्लो समय तिक्तापूर्ण सम्बन्ध रहेको चर्चा भइरहेको छ ।

पार्टी एकताका बेला गरेका सहमति कार्यान्वयन नगरेर धोक दिएको भन्दै प्रचण्ड ओलीसँग रुष्ट बनेका छन् । उनका सार्वजनिक अभिव्यक्तिमा समेत ओली प्रतिका असन्तुष्टी झल्किने गरेका छन् ।

ओलीकै कारण पार्टीलाई अल्सर भएको भन्दै उनले सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । यस्तै माधवकुरमार नेपाल र बामदेव गौतम समेत ओलीसँग असन्तुष्ट छन् । प्रचण्ड, नेपाल र गौतम असन्तुष्ट बनेपछि नेकपामा नयाँ समिकरण बन्न लागेको चर्चा राजनीतिक वृतमा छ ।

पार्टी एकिकरणका बेला ओली र प्रचण्डबीच सरकारको नेतृत्व आधा–आधा कार्यकाल चलाउने सहमति बनेको कुरा छिपेको छैन । अहिले ओली आफुले नै पाँच बर्ष प्रधानमन्त्री चलाउने भन्दै हिडेका छन् । यो कुरा प्रचण्डलाई पचेको छैन । यही अवस्थामा प्रचण्डले प्रधानमन्त्री नपाए पार्टी फोर्न सक्ने खुलसा भएको छ ।

राजनीतिक विश्लेषक प्रा.डा सुरेन्द्र केसीले सहमति कार्यान्वयन नभए ओली प्रचण्ड सम्बन्ध धुमिल हुनसक्ने बताएका छन् । नेपालआजको कुराकानीमा उनले ओलीले प्रधानमन्त्री नछोड्ने र ओलीले नछोडे प्रचण्डको कदम धमकेदार हुने बताएका छन् । ‘ओलीले छाड्नुपरे मध्यावधिमा जान्छन् । प्रचण्डले प्रधानमन्त्री नपाए पार्टी फुटाउनेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *