मनोरंजन

प’क्राउ गर्ने डर भएपछि गायिका ज्योति मगरले सञ्चारमन्त्रीलाई पढाईन् यस्तो क्लास !

काठमाडौं । अहिले सामाजिक सञ्जालमा केही गायकहरुमा चर्चा सुरु भएको छ । गीतकै कारण प’क्राउ परेर रिहा भएका दुर्गेश थापा र समीर घिसिङलाई प्रहरीले गीत हटाउन लगाएर छोडेको छ । छाडा अनी परिवारसँगै बसेर हेर्न वा सुन्न नसकिने गीतहरु ल्याएको भन्दै उनीहरुमाथि प्रहरीले एक्सन लिएको हो । यो सँगै अन्य केही कलाकारहरु पनि प’क्राउ पर्नसक्ने अनुमान गरिएको छ । जानकारी अनुसार चर्चित गायिका ज्योति मगर लगायतका केही महिला कलाकारहरुले पनि समाजमा अ’श्लिलता फैलाएको आरोप खेप्दै आएका छन् ।

यो बीचमा उनै मगरले प्रहरीको यस कदमको मौन विरोध गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस सञ्चारकर्मी रवि लामिछानेको नाममा राख्दै यस्तो बताएकी हुन् । हेरौं उनले सेयर गरेको फेसबुक स्टाटस, ‘रे’पर’ (रे’पिस्ट) समाउनु पर्नेमा ‘र्यापर’ समात्दैछ सरकार । अ’श्लिलता नियन्त्रण गर्ने सरकारको प्रयासलाई नराम्रो नमानी हालौं तर, ठूला ठूला मुद्धा चलिरहेको बेला गायक कलाकारहरुलाई समात्दै गीत डिलिट गर्न लगाउनुको कतै ठूलो मुद्धाबाट ध्यान मोड्ने प्रयास त भइरहेको छैन ? केही दिन अगाडि गायक तथा मोडल दुर्गेश थापा र आज भिटेनलाई नियन्त्रणमा लिएर उनीहरुलाई सोसल मिडिया युट्युवबाट हटाउन लगाएको बिषयमा थप कुरा जोड्न चाहन्छु ।

अ’श्लिलताको पक्षमा कदापी वकालत गर्दैनौं, ढुक्क हुनुस् । तर, सरकारले कलाकार छान्दै, गीत छान्दै नियन्त्रणमा लिएर युट्युवबाट डिलिट गर्न लगाउने हो भने, दैनिक कम्तीमा पनि १ जना समातिन्छन् । नीति चाँहि के हो ? त्यो पो थाहा हुनुपर्यो । अनुपयुक्त सामग्री सरकारले नै युट्युबमा सेन्सर गर्नुपर्यो, तर त्यो सासग्री गलत भए हटाउन सक्नुपर्यो । मान्नुहोस् भिटेन नेपालमा बस्दैनन् रे । यदि उनले नेपाल बाहिर बसेर यो गीत अपलोड गरेको भए चाँहि ठीक थियो ? भिटेनलाई नभेटी त्यो अनुपयुक्त लागेको गीत सञ्चार मन्त्रालयले हटाउन सक्छ ?

भिटेनको भन्दा अ’श्लिल सामग्री चाँहि युट्युबमा मज्जाले चल्ने । विदेशीको अ’श्लिलता मजाले हेर्न पाइने खुल्लम खुल्ला । अनि भिटेनलाई मात्रै नियन्त्रणमा लिएर गीत डिलिट गर्न लगाउने कुरा त अलि मिलेन नि । पो’र्नसाइट नेपालमा व्या’न्ड भयो भनेर सञ्चारमन्त्री ज्यूले घोषणा गर्नुभयो । कहाँ बन्द भयो मन्त्रीज्यू ? बोलिदिए हुन्छ । नीति चाँहिदैन ? होमवर्क गर्नु पर्दैन ? तपाईलाई भिटेनको अफिसियल एकाउन्टबाट त्यो गीत हटाउनु परेको कि पूरै इन्टरनेटबाट हटाउनु परेको ? यो गीत व्यान्ड हो कि भिटेनको युट्युब च्यानलमा मात्रै व्याण्ड हो ?

अ’श्लिलताको मापदण्ड युट्युबले त स्पष्ट तोकेको छ । हाम्रो सरकारको मापदण्ड चाँहि के ? कुनै पनि अ’श्लिलले सामग्री वा अनुपयुक्त सामग्री युट्युबले राख्न दिदैन । दिएपनि उजुरीका आधारमा हटाउँछ । उसको नीति स्पष्ट छ, हाम्रो नीति के ? नेपाली र्यापरले गाँ’जा खाएको, वि’यर पिएको सामग्री मात्रै हटाउने कि गाँ’जा–र’क्सी पि’एको दृश्य भएको कुनै पनि सामग्री नेपालमा व्यान्ड गर्ने ? स्नुपडगको गीत ओके, तर भिटेनको नट ओके ? हटाउने भए सबै अ’श्लिल गीत हटाउ, अ’श्लिल शब्द भएका दुई अर्थी भाव भएका गीत, सिनेमा, अन्तरवार्ता, सबका सब हटाउनुपर्छ । परिवारसँगै बसेर हेर्न नसकिने सामग्री युट्यबमा छ्यापछ्याप्ती छन् ।

अनि परिवारसँगै बसेर सबै कुरा चाँहि किन हेर्नुपर्यो ? र्याप म्युजिक अण्डरग्राउण्ड म्युजिक सपरिवार बसेर भजन सुने जसरी सुन्ने खालका हुँदैनन् । अनि यो कुरा परिवार–परिवारमा भर पर्ने कुरा हो । म मेरो परिवारसँग बसेर पोइला जान पाम भन्ने गीत सुन्न सक्दिन । म मात्र के, धेरैले सुन्न सक्दैनन् । सरकार यो गीट युट्युबबाट हटाइ पाउँ । सिनेमामा ट्वीँक ट्वीँक गरेर डाइलग राखिएको हुन्छ । सपरिवार बसेर हेर्न नसकिने सिनेमा बनाउनी, सरकारलाई हेप्नी भन्नु होला । त्यसका लागि ए’डल्ट रे’टिङ दिनुपर्ने हुन्छ । ए’डल्ट सामग्री ए’डल्टहरुले हेर्छन्, अरुले हेर्न पाउँदैनन् ।

डिस्ग्ल्यामर चाँहि अनिवार्य राख्नुपर्छ । यति बुद्धि पनि नभएकाहरुबाट घेरिएका छन् नीति निर्माताहरु । वीपी कोइरालाको प्रशिद्ध उपन्यास सुम्निमा सपरिवार बसेर वाचन गर्न सकिन्छ ? के अब मरेका वीपीलाई थुन्नी ? सरकारलाई हेप्नी ? सुम्निमाको विक्री बन्द गर्ने ? शब्द चयनका आधारमा गीत व्याण्ड गर्ने भए मनपरी बोलिएका अंग्रेजी, हिन्दी गीत चाँही किन व्याण्ड नगर्ने ? अ’श्लिलताको विरुद्ध उभिनुपर्छ, अ’श्लिलता भएका सामग्रीको आलोचना गर्न सकिन्छ । हामीले पनि युट्युबमा भएको विकृतीको विरुद्ध बोलेका छौं, तर सरकारले निर्णय गर्दा स्पष्ट नीति र स्पष्ट मापदण्ड तोक्नुपर्छ । म त चाहन्छु मेरो देशको सरकारले त्यस्तो क्षमता राखोस् कि फोहोरी गीत यो देशमा बन्दैन र बज्दैन भनोस् ।

सरकारलाई अनि पो वाह भनिन्छ । नेपालीले गाएको फोहोरी गीत मात्र बज्दैन, तर विदेशीले गाएको त्यो भन्दो फोहोरी गीत चाँही बजे बजोस्, नबजे नबजोस् ! ‘हामी यस्तै त हो नि ब्रो’ भन्ने पाराको यो कारवाही सही र गलत भन्दा पनि सेन्सलेस र मिनिङलेस छ । फेरि एक पटक भन्न चाहन्छु, अ’श्लिलताको पक्षमा हामी छैनौं । नेपालमा ए’डल्ट सामग्री बन्द गर्ने नीति हो, भने सबै सिनमा, गीत, भिडियोलाई एकै नजरले हेर्नुप९यो । अन्यथा अपाच्य दृष्य, अ’श्लिल शब्द भएको सामग्रीमा १८ बर्ष भन्दा माथिकाले मात्र हेर्न मिल्ने सूचना चाँहि अनिवार्य हुनुपर्छ ।

भिटेन लगायतका ¥यापर साथीहरुलाई सानो सुझाव, नेपाली समाज पश्चिमी समाज जस्तो अत्याधुनिक छैन, र होइन । त्यसैले सिर्जना गर्ने कलाकारहरुलाई थोरै जिम्मेवार भई र सचेत भएर अघि बढे फ्यान फलोअर्स घट्दैनन्, बढ्छन् । बाँकी हामी सबै ‘यस्तै त हो नि ब्रो ।’ लामिछानेको यो कुरा सिधा कुरा जनतासँग कार्यक्रममा प्रस्तुत गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *