मनोरंजन

सलमानको साथमा फिल्मी दुनियाँ भित्रिएका अभिनेत्रीहरु

बलिउड सुपरस्टार सलमान खानले बलिउड फिल्मी उद्योगमा धेरै नयाँ कलाकारहरुलाई सुनौलो भविष्यको अवसरहरु प्रदान गरेका छन् । उनले आफु अभिनीत फिल्ममा आफु भन्दा धेरै कम उमेरकी अभिनेत्रीहरुलाई फिल्मी दुनियाँमा डेब्यू गराएका छन् । सबै अभिनेत्रीहरुले आफ्नो फिल्मी करियरको श्रय सलमानलाई दिएका छन् । सलमानले अभिनेता महेश मांजरेकरकी छोरी साई मांजरेकरलाई आफ्नो आगामी फिल्म “दबङ्ग ३” मा बिन्दियाको रुपमा प्रस्तुत गरेका छन् । फिल्मको सार्वजनिक ट्रेलरमा अभिनेत्री साईलाई चुलबुल पाण्डेको युवा अवस्थाको प्रेमीकाको रुपमा देखाइएको छ ।

सलमानले आदित्य पंचोली र जरीको वहाबको छोरा सूरज पंचोलीसँगै लन्चेडी सुनील शेट्टी रमान शेट्टीको छोरी अथिया शेट्टीलाई २०१५ मा फिल्म “हिरो” बाट बलिउड दुनियाँमा चिनाएका हुन् । यो फिल्मको शीर्ष गीत सलमानले नै गाएका थिए । अभिनेत्री अथियाको फिल्मी करियर चम्कियो । उनले सन् २०१७ मा अनीस बज्मीको फिल्म “मुबारकां” गरिन् । अथियालाई आगामी फिल्म “ मोतिचुर चकनाचूर” मा देखिनेछ ।

शत्रुघ्न सिन्हाको प्यारी छोरी सोनाक्षी सिन्हालाई सलमानले आफू अभिनीत फिल्म “दबङ्ग” बाट बलिउडमा डेब्यू गराएका थिए । यो फिल्मले अभिनेत्री सोनाक्षीलाई बलिउडमा एउटा छुट्टै पहिचान बनाउन सफल बनाएको छ । सोनाक्षी पछिल्लो समय करन जोहरको फिल्म “कलंक” र अभिनेता अक्षय कुमार अभिनीत फिल्म “मिसन मंगल” मा देखा परेकी थिइन् । उनी फेरी आफु डेब्यू गरेको फिल्म “दबङ्ग” को तेस्रो संस्करणमा पुनः रज्जोको पात्रमा देखा पर्नेछिन् ।

अभिनेत्री डेजी शाहलाई सलमानले सन् २०१४ को फिल्म “जय हो” बाट बलिउडमा डेब्यू गराएका थिए । उनले २०१५ फिल्म “हेट स्टोरी ३” मा अभिनेता करन सिंह ग्रोभर र शर्मन जोसी विरुद्ध लीड भूमिका गरेकी थिइन् । डेजी सलमानका घनिष्ठ मित्रहरू मध्ये एक हुन् । सलमानद्धारा आयोजित पारिवारिक समारोहहरू र पार्टीहरूमा डेजीले भाग लिइरहेको देखिन्छ ।

अभिनेत्री जरिन खानलाई २०१० फिल्म “वीर” बाट बिलउडमा डेब्यू गराएका थिए । पहिलो फिल्मपछि जरिनलाई “क्यारेक्टर ढिला” र “रेडी” मा देखियो । फिल्म “अक्सर २” र “हेट स्टोरी” जस्ता फिल्महरुको श्रेय जरिनले लिएकी छिन् ।

अभिनेत्री भूमिका चावला बलिउड क्षेत्रमा भन्दा पहिले नै दक्षिण फिल्मी क्षेत्रमा सक्रिय थिइन् । सन् २००३ प्रदर्शनमा आएको फिल्म “तेरे नाम” बाट सलमानले भूमिकालाई बलिउडमा डेब्यू गराए । अभिनेत्री भूमिकालाई अहिले पनि दक्षिण र बलिउड फिल्महरुमा सहयोगी भूमिकामा देखिन्छ । पछिल्लो पटक उनी फिल्म “एम एस धोनी – द अनटोल्ड स्टोरी” मा देखा परेकी थिइन् ।

अभिनेत्री स्नेहा उल्लालको पहिलो फिल्म प्रदर्शनमा आउनु अगाडी नै उनको अभिनेत्री ऐश्वर्या राय बच्चनसँग मिल्दोजुल्दो अनुहारको कारण चर्चामा आएकी थिइन् । सलमानले २००५ मा फिल्म “लक्कीः नो टाइम फर लभ” मा अभिनेत्री स्नेहालाई मूख्य भूमिकामा अभिनय गर्ने प्लेटफर्म दिए । यद्यपि उनी पछि दक्षिण केही फिल्महरूमा देखिएकी थिइन् । आफ्नो स्वास्थ्यस्थिति ठिक नभएको जानकारी दिँदै अभिनेत्री फिल्म र पार्टीहरुबाट टाढा भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *