प्रमुख समाचार

मिडिया विधेयकले कसैको ‘रोजीरोटी’ मार्दैन, युटुबर र फेसबुक हल्लाले सरकारलाई फरक पर्दैन

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया विधेयकले कसैको ‘रोजीरोटी’ नमार्ने बताएका छन्।धुलिखेल नगरपालिका–११ पातलेखेतस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा विभिन्न चाडपर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उहाँले मिडिया विधेयकले कलाकार र बौद्धिक कार्यमा लाग्नेको सिर्जना नमर्ने दाबीसमेत गरे।

‘हामीले कसैको रोजीरोटी नमार्ने गरी छलफल गरेका छौँ, तपाईँहरु ढुक्क हुनुहोस्, सरकार किसान र मजदूरको समेत सिर्जना नमर्ने गरी कानून बनाउँछ’, उनले भने।

यसैगरी उनले मिडिया कानूनले उकालो पार गरिकन तेर्सो मार्गमा हिँड्दै संसदीय समितिमा पुगेको बताए।’कानून उकालोमा हिँड्दा थोरै ढिला मात्रै भएको हो, अब सजिलैसँग पास हुन्छ।’मन्त्री बाँस्कोटाले जनतालाई शिरमै राखेर सुख र समृद्धिका बृहत्तर अभियान अघिसारेको बताए ।

‘हामी हरेक क्षेत्रको सुख र समृद्धिमा मात्रै ध्यान दिइरहेका छौँ, बेइमान गर्नेलाई मात्रै तह लगाउने हो, भट्टामा मान्छे हाल्ने र महिलामाथि अभद्र व्यवहार गर्नेलाई पनि ‘पद’ नभन्ने तपार्इँहरुलाई थाहा नै छ’, उनले भने।

राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टाचार गर्नेलाई कुनै पनि स्थान नभएकाले मुलुकमा विधि र न्यायको शासन स्थापित हुने उहाँले दोहोर्‍याए।

मन्त्री बाँस्कोटाले सुख र समृद्धिको सङ्घर्षमा कसैले पनि ज्यान गुमाउनु नपर्ने बताए।’सुख र समृद्धि पनि जिलै प्राप्त हुने चिज त हैन, तर यसका लागि बुद्धि र पाखुरा लडाए मात्रै पुग्छ’, उनले भने।

लोकतन्त्रका निम्ति ७० वर्ष बिताएको स्मरण गर्दै उहाँले जनताको सुख र समृद्धिका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनको दाबी थियो ।मन्त्री बाँस्कोटाले जनताले दिएको भोटको भारीको एकमुष्ट उपहार आउने निर्वाचनका किस्तीमा राखेर दिने बताए।

‘हामी यति गर्यौँ, यति काम शुरु गर्यौँ, यति गर्न बाँकी रह्यो भनेर फेरि आउँछौँ, तपाईँहरुले चिन्ता लिनुपर्दैन’, उनले भने। युटुबर र फेसबुकले हल्ला गरेर सरकारलाई कुनै फरक नपर्ने उनले दाबी गरे।मन्त्री बाँस्कोटाले छिमेकी देशले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेकाले विकास र समृद्धिको यात्रा कसैले रोकेर नरोकिने बताए।

‘आउने चुनावमा पनि जवाफदेहिताको सामथ्र्यसहित इमान्दारीताका साथ आउँछौँ, त्यतिखेर हिसाबकिताब गरौँला’, उनले बताए। आफूहरु निदाएर नबसेकाले निर्वाचनका बेला गरेका घोषणापत्र सिरानमा हालेर राख्न र निर्वाचन आएपछि ‘नेतालाई यो खोई त ?’ भनेर प्रश्न गर्न उहाँले आग्रह गरे।

‘बिना योजना गत निर्वाचनमा होमिएनौँ, हामी अहिले पनि निदाएर बसेका छैनौँ’, उनले थपे। उनले क्रमशः मुलुक उत्पादन गर्दै आत्मनिर्भर अर्थतन्त्रतर्फ गइरहेको बताए।

‘हामी कृषिमा आधुनिकीकरण गर्दैछौँ, उत्पादनलाई बजारसँग जोड्ने उत्तम विधि तय हुँदैछन्’, मन्त्री बाँस्कोटाले भने।उनले धुलिखेल नपा–११ पात्लेखेतमा २९८ रोपनी जग्गा लिएर औद्योगिक ग्राम निर्माणको योजना अघि सारिएको बताए।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *