स्वास्थ्य

चिसो मौसममा खानैपर्ने अदुवा

एजेन्सी । चिसो मौसममा टाउको दुख्दा अदुवाको एउटा टुक्रो लिएर सुघ्दा मात्र पनि आराम मिल्ने गर्दछ ।चिसो मौसममा बच्चा र बृद्धलाई दात दुख्ने समस्याले बढी सताउने गर्दछ । उक्त दुखेको ठाउँमा अदुवाको रस लगाउनाले दुखाईबाट तुरुन्तै आराम मिल्नेछ ।

घाँटीमा हुने खसखसबाट चिन्तित हुनु भएको छ भने अदुवालाई आगोमा हल्का तताएर चिसो भएपछि खानाले तुरुन्तै आराम मिल्नेछ ।

कफ र खोकी जस्ता समस्याबाट छुटकारा पाउनका लागि प्रतिदिन अदुवा हालेको चिया पिउनु राम्रो मानिन्छ । राती सुत्नुभन्दा पहिले मह र एउटा सानो टुक्रा अदुवा खानाले पनि खोकी र कफजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

यसका साथै मुटुसम्बन्धि समस्याबाट छुटकारा पाउनका लागि पनि अदुवालाई फाइदाजनक मानिन्छ । अदुवा हालेर बनाइएको चिया वा अदुवाको रस पिउनाले पनि टाउको दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *