स्वास्थ्य

तौल घटाउनका लागि पनि च्याउ खानुहोस्

काठमाडौँ । कयौ बिमारीका लागि च्याउलाई औषधीका रुपमा प्रयोग गर्ने गरिएको पाइन्छ ।आयुर्वेदिक डाक्टरहरुका अनुसार च्याउमा अत्याधिक मात्रामा खनिज र भिटामिन पाइन्छ । यसमा भिटामिन बी, डी, पोटासियम, कपर, आइरन र सेलेनियम पर्याप्त मात्रामा पाइने हुदाँ यो स्वास्थ्यका लागि अति नै फाइदाजनक हुने गर्दछ ।

च्याउका फाइदाहरुः

च्याउमा एंटी अक्सिडेन्ट अत्याधिक हुन्छ । जसले बढ्दो उमेरको लक्षण कम गर्न र तौल घटाउनमा मद्दत गर्ने गर्दछ ।च्याउमा रहेका प्रोटिन र भिटामिन जस्ता तत्वहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । जसले गर्दा रुखा खोकी जस्ता बिमारीले मानिसलाई छिट्टै छुन सक्दैन् ।

च्याउ भिटामिन डी का लागि आवश्यक स्रोत हो । यो भिटामिनले हड्डी बलियो बनाउने गर्दछ । नियमित रुपमा च्याउ खाँदा हाम्रो शरिरलाई चाहिने २० प्रतिशत भिटामिन डी यसबाटै मिल्ने गर्दछ ।

च्याउमा निकै कम मात्रामा कार्बोहाइटे्ड हुने गर्दछ । जसले तौल र ब्लड सुगरको तह बढाउदैन । बरु नियन्त्रण गर्नमा मद्दत गर्ने गर्दछ ।च्याउमा कम मात्रामा कोलेस्टेल हुने गर्दछ । यसको सेवनबाट लामो समयसम्म भोक लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *