अन्तरास्ट्रिय

बेलायती राजकुमारको फोटो महारानीले कोठाबाटै किन हटाइन् ?

लण्डन : पछिल्लो समय बेलायतको राजनीतिक गतिरोधसँगै यहाँको राजपरिवारमा पनि किचलो सुरु भएको छ ।आपसी मतभेद् अब अलग बस्नेसम्म पुगेको छ । राजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्केल देश नै छाडेर दक्षिण अफ्रिका जाने तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

हालै आईटिभीले ह्यारीबारे बनाएको डकुमेन्ट्रीबाट पनि परिवारभित्रको विवाद बाहिरियो । यस्तैमा बेलायती महारानी एलिजाबेथले ह्यारी र मेघनको तस्बिर आफ्नो कोठाबाट झिकेकी छन् । त्यस ठाउँबाट विलियम र केटको तस्बिर भने उनले हटाएकी छैनन् ।

२०१८ मा मात्रै ‘हेलो म्यागजिन’ले प्रकाशित गरेको समाचारमा एलिजाबेथको कोठामा ह्यारी र मेघनको तस्बिर थियो । पछिल्लो समय भने त्यो तस्बिर त्यो कोठाबाटै हटाइएको छ । एलिजाबेथको यस्तो निर्णयलाई लिएर धेरैले पारिवारिक मतभेद्सँग जोडेर टिप्पणी गरेका छन् । त्यसो त, राजपरिवारबारे मेघनको टिप्पणीप्रति एलिजाबेथ असन्तुष्ट थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *