अन्तरास्ट्रिय

यी युवक बने एकै रातमा अर्बपति

यी हुन् २४ वर्षीय इरिक से । उनी एकै रातमा अर्बपति बनेका छन् ।अमेरिकाबाट हालैमात्र स्नातक तहको अध्ययन पूरा गरेका उनलाई मंगलबार परिवारको कम्पनिले झण्डै चार अर्ब अमेरिकी डलर बराबरको शेयर दिएको छ । चार खर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्तिका मालिक बनेका इरिकका बाबुआमा दुवै सिनो बायोफारमाकिटिकल लिमिटेडका कार्यकारी निर्देशक छन् ।

हङकङका इरिक अब व्यवसायिक जीवनमा सक्रिय हुने देखिएको छ । उनको निकटता विश्वप्रशिद्ध व्यक्तिहरुसँग पनि छ । जसमध्ये गायिका रिहाना, बास्केटबल स्टार याओ मिङलगायत छन् । उनीहरुसँगको तस्बिर इन्सटाग्राममा राखेका छन् ।

५५ लाख दियो बालेर विश्व रेकर्ड राख्ने तयारी
छिमेकी देश भारतमा आज नरक चर्तुदशी धुमधामका साथ मनाई रहेका छन् । भारतमा सानो तिहारको रुपमा समेत चिनिने आजको दिनलाई मृत्युका देवता यमराज र धर्मराज चित्रगुप्तको धुमधामका साथ पूजा गरेर मनाउने चलन रहदै आएको छ ।

आज भारतका विभिन्न शहरमा उक्त पर्वको तयारी जोडतोडका साथ भईरहेको भारतिय सञ्चार माध्ययमहरुले लेखेका छन् । सोहि अवसरमा उत्तर प्रदेश सरकारले अयोध्यामा दीपोत्सवको आयोजना गरेको छ ।

उक्त दिप प्रज्वलन कार्यक्रमको अवसरमा पचपन्न लाख दीप जलाएर गिनीज बुक अफ वर्ल्ड रेकर्ड राख्ने तयारी रहेको भईरहेको जनाइएको छ । उक्त अवसरमा रामको पोखरीमा समेत चार लाख दिप प्रज्वलनको तयारी रहेकोे जनाइएको छ ।

मुख्यमन्त्री योगी आदित्यनाथले पनि उक्त कार्यक्रममा भाग लिने भारतीय मिडियाहरुले जनाएका छन् । दिप प्रज्वलन कार्यक्रममा राज्यपाल आनन्दी बेन पटेल, केन्द्रिय मन्त्री तथा प्रदेश सरकारका मन्त्रीहरु लगायतको समेत उपस्थिती रहने उल्लेख छ ।

दिप प्रज्पलनको अवसर पारेर शोभा यात्रामा सहभागी हुन प्रख्यात कलाकारको समेत सहभागीता रहेने जनाइएको छ । शोभा यात्रामा रामको अयोध्या आगमनको समेत झल्को देखाइने छ ।

गंगा आरतीको समयमा उक्त दिप प्रज्वलनको तयारी भईरहेको हो । लाखौ भक्त तथा दर्शकले भाग लिनसक्ने जनाइएको सोहि कार्यक्रमको अवसर पारेर रामायणको नाटक मञ्चन गरिने समेत उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *