काठमाडौं । पछिल्ला दिनहरुमा पूर्व मिस नेपाल उषा खड्गीको सम्बन्ध विच्छेदको चर्चा भइरहेको छ । उनले आफ्नो वैवाहिक सम्बन्धमा संकटमा परेको खबर भाइरल भएपछि मिडियासँग आक्रोस पोखेकी छन् । डिर्भोर्सको समाचारमा आफ्नो सहमति नरहेको भन्दै व्यक्तिगत विषयलाइ समाचार बनाएको उनको आरोप छ ।
उषा खड्गी र जीपी तिमल्सिनाको जोडीलाइ उदाहरणीय जोडीको रुपमा लिने गरिएको थियो र यी दुइको रोचक प्रेमकथा र जीवनशैलीलाई धेरैले अत्यन्तै मन पराएका थिए । यो बीचमा एकाएक डिर्भोर्स हुन लागेको हल्ला बाहिर पछि यो जोडीका शुभ चिन्तक निराश बनेका छन् भने निजी र व्यक्तिगत कुरामा बिना आधार समाचार लेखेको भन्दै उषाले आक्रोश पोख्दै जवाफ समेत मागेकी छन् ।
खड्गीले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै डिभोर्सको समाचार झुटो रहेको भन्दै मिडियाहरु माथि नै प्रश्न उठाउदै जवाफ समेत मागेकी हुन् । डिर्भोर्सको समाचारमा आफ्नो सहमति नरहेको भन्दै व्यक्तिगत विषयलाइ समाचार बनाएको देख्दा आफुलाई दुख लागेको उनको भनाइ छ । उषा खड्गीका श्रीमान जीपी तिमल्सिनाले भने यस विषयमा अहिले आफु केहि बोल्न नचाहेको भन्दै यो बारेमा प्रश्न गर्न आफुलाई सम्पर्क नगर्न अनुरोध गरेका छन् ।
“मेरो देशनै अचम्मको,पत्रकारिता मर्यादा भनेको कसैलाइ उधृत गर्दै जस्को पनि निजी र व्यक्तिगत कुरामा बिना आधार जे पनि लेख्न पाँउने पक्कै पनि होइन होला। कृपया व्यक्तिगत कुरामा कसैले पनि मलाइ सम्पर्क नगर्नु होला….कसैको व्यक्तिगत जीवनलाइ आफु खुसी मनोरंजनको सामाग्री बनाउनु भन्दा पहिले आधार जरुरी हुन्छ।
म अचम्म र स्तब्ध छु,सामाजिक संजालमा नेपाली मिडियाले मेरो जीवनको नितान्त र व्यक्तिगत बिषयलाइ Breaking News बनाएर पस्केको देख्दा कसैको निजी जीवनमा लेख्दा वा बोल्दा या छाप्दा प्रमाण स्वीकृती र सहमतिको आवस्यक्ता को जरुरी पर्छ।तर आज आएको सामाचारमा न मेरो सहमति छ न मेरो स्वीकृती नै तसर्थ के को आधारमा online media र पत्रिकाले यसरी समाचार हाल्दै छ मलाइ जवाफ चाहियो।”