प्रमुख समाचार

जोलीलाई उत्कृष्ट प्रहरी कुकुरको अवार्ड !

काठमाडौँ ।पूर्वराजदूत केशव झाको ह त्या भएको घटनाको अनुसन्धानमा सहयोग गर्ने जोली नामको कुकुर उत्कृष्ट कुकुर घोषित भएको छ।पूर्वराजदूत केशव झाको ह त्या भएको घटनामा प्रहरी चर्को आलोचना भइरहेको बेला घटनाका एक वर्षपछि एकाएक एउटा समाचार भाइरल भयो, ‘झाको ह त्या गर्ने अभियुक्त भदौ २५ गते जेल चलान भए ।’ पूर्वराजदूत झाको २०७५ भदौ ३ गते आफ्नै निवासमा ह त्या भएको थियो।

तर, झाको घटनामा प्रहरीले पाएको ‘सफलता’ मा एउटा जनावरको अहम भूमिका थियो भन्ने कमैलाई थाहा छ । त्यो हो प्रहरीको ‘जोली’ नामक कुकुर ।घटनालगत्तै, डग स्कुलबाट खटाइएको ‘जोली’ नामक कुकुरको सहयोगमा अभियुक्तसम्म प्रहरी पुगेको थियो । झाकै घरमा सहयोगी रहेका सानुकान्छा तामाङसमक्ष जोली पुगेको थियो ।

अपराधीको खोजी तथा पहिचानमा अब्बल ब्लडहाउड जातको जोलीलाई घटनामा प्रयोग भएको च क्कु सुँघाइएको थियो । त्यसपछि जोलीले देखाएको ट्रयाक अनुसार प्रहरी अभियुक्तसम्म पुग्यो ।

ह त्या, चो री, ड कैती, लुट पाट, अ प हरण जस्ता आ पराधिक घटनाको अनुसन्धानमा सघाएर जोलीले आफूलाई अब्बल सावित गरिसकेको छ । यही कारण नेपाल प्रहरीमा कुकुर स्कुल स्थापना भएको ५१ वर्षको अवसरमा जोलीले ‘बेस्ट डग अफ द एयर’ को सम्मान पाएको छ ।

यमपञ्चकको दोस्रो दिन कुकुर तिहारको दिन आज नेपाल प्रहरीको केन्द्रीय कुकुर विद्यालयले आयोजना गरेको कार्यक्रममा स्कुल प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) देउती गुरुङले जोनीलाई ‘बेष्ट डग’ लेखिएको मेडल लगाइदिइन् ।

यस्तै बेल्जियम मेलिना प्रजातीको कुकुरले दौड र हाइजम्मामा पहिलो भएको छ र, दुई वटा मेडल पाएको छ । कुकर तिहारको अवसर पारेर प्रहरीको केन्द्रीय कुकुर विद्यालयले विभिन्न प्रतियोगिता आयोजना गर्छ र पहिलो हुनेलाई मेडल दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *