खेलकुद

दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले बराबरी खेल्यो

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बराबरी खेलेको छ । आइतबार राति आर्सनलले क्रिष्टल प्यालेससँग २-२ गोलको बराबरी खेलेको हो ।दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकिएको हो ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा खेलको सातौं मिनेटमा नै आर्सनलले अग्रता बनाएको थियो । सोक्राटिसको गोलबाट बनाएको अग्रतालाई नवौं मिनेटमा मा दोब्बर पारेको आर्सनलले त्यसलाई जोगाउन सकेन । दोस्रो गोल डेभिड लुइजले गरेका थिए ।

खेलको ३२ औं मिनेटमा लुका मिलिभोजेभिकले गोल गर्दै क्रिष्टललाई खेलमा फर्काए । त्यसपछि खेलको ५२ औं मिनेटमा जोर्डन आयुले गोल गर्दै क्रिष्टललाई २-२ गोलको बराबरी ल्याउदै हारबाट जोगाए ।

यो बराबरीसँगै आर्सनल १० खेलबाट १६ अंक जोड्दै लिगको पाँचौं स्थानमा रहेको छ । १५ अंक सहित क्रिष्टल प्यालेस छैटौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *