प्रमुख समाचार

यी हुन् सांसद आलमलाई सिंघम शैलीमा समाउने शाहशी रौटहट प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री, जस्ले १५ एसपीले गर्न नसकेको काम गरेर देखाइदिए !

रौतहट : जोखिम मोलेर कु’ख्यात अपराधीका रुपमा पहिचान बनाएका सांसद मोहमद अफ्ताव आलमको पक्राउ गरेपछि रौटहट प्रहरीको प्रसंशा मात्र होईन चर्चा पनि चुलिदो छ । रौटहट प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीको चर्चा पनि शिखरमा छ । यतिबेला एसपी खत्रीलाई भारतीय फिल्म सिंघमको नायकको उपमा पनि सामाजिक सञ्जालमा दिन थालिएको छ ।प्रहरी संगठनभित्र प्रोफेशनल अफिसरका रुपमा पहिचान बनाएका एसपी खत्रीले अहिलेसम्म पदको दुरुपयोग गर्दै अ’पराध कर्म गरिरहेका र लुकाइरहेका सांसद आलमलाई सिंघम शैलीमा प्रहरी नियन्त्रणमा लिएको भन्दै प्रसंशा पाईरहको छन् ।

त्यसदिन सांसद आलमलाई कसरी प्रहरीले नियन्त्रणमा लियो त ? त्यस विषयमाम हामी चर्चा गर्नेछौ । सामूहिक ह’त्याकाण्डको १२ वर्षपछि बुधबार अपरान्ह राजपुर नगरपालिका–२ स्थित फरहदवा गाउँ प्रहरीको ठूलो फौजद्वारा घेरिएको थियो । गाउँमा फेरि अर्को सन्नाटा छाएको थियो । मोहम्मद अफताव आलमको ‘राज’ भएकाले प्रहरीहरु दिउँसै हिंड्न डराउने उक्त गाउँ त्यसदिन प्रहरीको कब्जामा थियो ।प्रदेश राजधानी जनकपुरबाट प्रहरी थपिइरहेका थिए । आलमलाई पक्राउ गर्दा राज्यले निकै ठूलो जोखिम उठाएजस्तो देखिन्थ्यो ।

यति ठूलो नेपाल प्रहरीको टोलीलाई साथ दिन सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि ‘स्ट्यान्डबाई’ राखिएको थियो ।आइतबारका दिन फरहदवामा आलम आफन्तको बिहेमा पुगेका थिए । यो सूचना पाएपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीसहयोगमा गाउँ घेराउ गरेको थियो । गाउँ आफ्नो नियन्त्रणमा रहेको र कुनै हतियारधारी समूह गाउँमा नरहेको एकिन भएपछि प्रहरीले आलमको घरघेराउ गरी उनलाई कब्जामा लिएको थियो । त्यतिबेला पनि आलमले सिंगो फौजको नेतृत्व गरिरहेका एसपी भूपेन्द्र खत्रीलाई धम्क्याउँदै थिए– ‘ए एसपी ! तिमी को हौ ? म आईजी बनाउने ताकत राख्छु, पक्राउ गरेर ठूलो गल्ती गर्यौ छुटेर आएपछि देखाइदिन्छु ।’

आलमका समर्थकबाट हुनसक्ने अवरोधका कारण उनको गिरफ्तारी प्रहरीका लागि निकै चुनौतीपूर्ण थियो । त्यसैले पनि सशस्त्र बल र नेपाली सेनालाई नेपाल प्रहरीको व्याक फोर्सका रुपपमा परिचालित गरिएको थियो ।आलमलाई पक्राउ गरेर गौरस्थित जिल्ला प्रहरी कार्यालय पुर्याइ नसक्दै पूर्वानुमानअनुसार फरहदवामाआलमका समर्थकहरुद्वारा प्रदर्शन सुरु गरियो । चोक–चोकमा टायर बालेर नारा जुलुस गर्न थालियो । केन्द्र तथा प्रदेश प्रहरीको बाक्लो उपस्थितिका कारण हाल त्यहाँको सुरक्षा स्थिति नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ । तथापि प्रहरी निकै सतर्क अवस्थामा परिचालित भैरहेको बताइन्छ ।

हाल गिरफ्तार परेका आलमले २०६४ सालमा संविधानसभा निर्वाचनमा प्रतिद्वन्दी तथा उनका समर्थक जनतालाई आतंकित बनाएर बुथ कब्जा गर्न तयार पारिएको बम अचानक विस्फोट हुँदा घाइते भएकाहरुलाई उपचार नगरी प्रमाण नष्ट गर्ने योजनाका साथ सबैलाई जीउँदै इँटाभट्टामा जलाएका थिए ।उक्त कहालीलाग्दो घटनापछि उनी संविधानसभामा निर्वाचित भएर आए । २०६६ मा माधवकुमार नेपालको नेतृत्वको मन्त्रिपरिषदमा श्रममन्त्री भए ।२०६९ जेठ महिनामै उक्त घटनाका पीडितको रिट मुताविक सुनुवाई गरी सर्वोच्चले दिएको सो आदेशपछि थप प्रमाण बुझी कानुनअनुसार कारबाही गर्न निर्देशन दिए पनि पीडकहरु फरार रहेको भन्दै प्रहरी पछि हटेको थियो ।

१६ जेठ ०६९ मा सर्वाेच्चका तत्कालीन न्यायाधीश सुशीला कार्की र भरतराज कार्कीको इजलासले मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर ग-यो । इजलासले घटनालाई गम्भीर प्रकृतिको भन्दै सम्पूर्ण रुपमा अनुसन्धान गर्न प्रहरीलाई आदेश दियो । तर विडम्बना, सर्वोच्चको आदेश पनि जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरीले अटेर गरिरहे । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयल पाँचपटकसम्म ताकेता पनि ग-यो । तर, कार्यान्वयन भएन ।छैटौँपटक ताकेता आउँदा एसपी भूपेन्द्र खत्री जिल्ला प्रहरी कार्यालयको प्रमुख भएर आइपुगेका थिए।

फैसला कार्यान्वयन निर्देशनालयको ताकेता, पीडितको विलौना र अफ्तावको पृष्ठभूमि अध्ययनपछि प्रहरी आलमलाई पक्राउ गर्ने निर्णयमा पुग्यो । तर, स्थानीयबाट अवरोध हुनसक्ने अनुमान थियो । अफ्तावलाई पक्राउ गरेपछि निम्तिन सक्ने सुरक्षा चुनौतीबारे जिल्लास्थित सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच छलफल भयो ।पक्राउ गर्नका लागि २६ असोज आइतबार रोजियो, किनकि यो दिन राजपुर फरहदवा–४ मा आलमका आफन्तको बिहे थियो । निम्तो मान्न आलम पनि गाउँ फर्किएको सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गाउँ घे-यो ।

गाउँ नियन्त्रणमा छ भन्ने सुनिश्चित भएपछि मात्र प्रहरी आलमको घरतर्फ अघि बढेको थियो । तब पनि एसपी भूपेन्द्र खत्रीलाई उनी भन्दै थिए, ‘ए ! एसपी तिमी को हौ ? म आइजी बनाउने ताकत राख्छु । पक्राउ गरेर ठूलो गल्ती ग-यौ छुटेर आएपछि देखाइदिन्छु ।’आलमलाई पक्राउ गरेर गौरस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पूर्वानुमानअनुसार फरहदवामा प्रदर्शन सुरु भयो । चोक–चोकमा टायर बालियो । नारा–जुलुस भए । त्यतिन्जेलसम्म जनकपुरबाट थप प्रहरी बल ल्याइएको थियो । अहिले स्थिति नियन्त्रणमा छ । तैपनि प्रहरी चनाखो छ ।

कर्तव्य ज्यान मुद्दामा मुछिएका प्रतिनिधिसभाका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई पक्राउ परेपछि घटना बाहिर आएको हो। सर्वोच्च अदालतको आदेशको ताकेतापछि प्रहरीले गत आइतबार पक्रेको हो। बम बनाउने क्रममा बिस्फोटमा परी आठजना घाइतेलाई जलाएर मारेको आलमलाई आरोप लागेको छ। सर्वोच्चले २०६९ जेठ १६ गते पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको थियो। प्रहरीले पक्राउ नगरेपछि पीडितले सर्वोच्चको आदेश कार्यान्वयन नभएको भन्दै गृहमन्त्रालय र नेपाल प्रहरी दुवैलाई अवहेलना मुद्दा दर्ता गरेलगत्तै आलमलाई पक्राउ गरिएको हो।

तत्कालीन रौतहटका एसपी लक्ष्मण न्यौपानेले शव नभेटिएको र अनुसन्धानका लागि रौतहट पुगेका तत्कालीन एसपी जयबहादुर चन्दले पक्राउ गर्न आधार नभेटिएको भनेपछि पीडितले सर्वोच्चमा रिट दर्ता गरेका थिए। पक्राउ नगरी आलटाल गरेको प्रहरीले बाध्य भएर आलमलाई पक्राउ गरेको थियाे । आलम पक्राउ परेपछि सोमबार सांसद पदबाट निलम्बित भएका थिए।

यी हुन् आलमको संरक्षणमा लाग्ने १५ एसपी

बम वि&स्फो&टमा घाइते भएकालाई सुई लगाई बेहोस बनाएर जि’उँदै इँटाभट्टामा हालेर सामूहिक ह$त्या गरिएयता १२ वर्षमा रौतहटमा प्रहरी प्रमुखका रूपमा १६ जना एसपी पुगेका छन्। घटनालगत्तै प्रहरीले उजुरी लिनसमेत मानेन । जिल्ला सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा अगाडि बढाउन नमानेपछि पीडित परिवार सर्वोच्च अदालत पुगे।

सर्वोच्चले घटनालाई गम्भीर भन्दै थप अनुसन्धान गर्न आदेश दियो । तर, पटकपटक ताकेता गर्दा पनि प्रहरी हाकिम सर्वोच्चको आदेशको सम्मान होइन, आलमको संरक्षणमा लागिरहे। आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र नवराज मैनालीले लेखेका समाचार अनुसार घटना हुँदा रौतहटको प्रहरी प्रमुखमा लक्ष्मण न्यौपाने थिए।

त्यसपछि क्रमशः जयबहादुर चन्द, घनानन्द भट्ट, पीताम्बर अधिकारी, धनश्याम अर्याल, ठूले राई, महेशविक्रम शाह, गोविन्द परियार, उमेश रञ्जितकार, सानुबाबु थपलिया, पद्युम्न कार्की, गणेश रेग्मी, यज्ञविनोद पोखरेल, रवीन्द्र केसी, भूपेन्द्र खत्री रौतहटमा एसपी भएर गए। हालका एसपी खत्री बाहेक त्यसअघिका १५ एसपीले पीडित पक्षको न्यायको गुहार नहुनी आलमको बचाउमा लागेका थिए।

६४ को संविधानसभा निर्वाचनमा बुथ कब्जा गर्न बनाउन लगाएको बम वि&स्फो&ट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेको आरोपमा सांसद मोहम्मद अफ्ताव आलम प-क्रा-उ परेका छन् । २० जनाभन्दा बढीको ह$त्या गरिएको जघन्य अप-राधको आरोप लागे पनि आलम अहिलेसम्म प्रहरीकै संरक्षणमा थिए।

प-क्रा-उ गरी मुद्दा चलाउन सर्वोच्च अदालतले आदेश दिँदा पनि उनलाई प्रहरीले छोएको थिएन । यो १२ वर्षमा रौतहट प्रहरीको कमान्ड सम्हाल्न १६ जना एसपी जिल्लामा गए । तर, १५ जना एसपी फेरिँदासम्म अनुसन्धानमा कसैले पनि अग्रसरता देखाएनन्, उल्टै आलमलाई संरक्षण दिए।

मानवअधिकार आयोग, बार एसोसिएसन र इन्सेकको प्रतिवेदन मात्र होइन, मृतकका आफन्तका अनुसार जिल्ला प्रहरीको तत्कालीन नेतृत्व दोषीलाई प-क्रा-उ गर्न होइन, घटना लुकाउन र आलमलाई सहयोग गर्न मात्र जुटिरह्यो ।

पीडित पक्षले पटक-पटक गुहार गर्दा पनि प्रहरीले जाहेरी दर्ता गर्नसमेत मानेन । हुलाकमार्फत जाहेरी दर्ता भएपछि पनि पीडितलाई न्याय होइन, अभियुक्तलाई उन्मुक्ति दिन प्रहरी लागिपर्यो।

हुलाकमार्फत उजुरी दर्ता भएपछि प्रहरीले प्रमाणविनाको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो । सरकारी वकिल कार्यालयबाट मुद्दा नचलाउने निर्णय गराएर ‘केस’ सेटल गर्ने योजनाअनुसार नै त्यो काम भएको थियो । सोहीअनुसार आलम र उनका सहयोगीलाई उन्मुक्ति दिइएको थियो ।

गत २ फागुनदेखि रौतहटमा उपस्थित भएका एसपी भूपेन्द्र खत्री अन्ततः हिरो भएका छन् । आलमलाई प-क्रा-उ गर्न अहिले प्रहरीलाई सहज अवस्था पनि थियो । किनकि, सत्तारुढ दलकै पहुँचवाला नेताहरूसमेत पछिल्लो समय प-क्रा-उ परेका थिए ।

विगतमा अस्थिर सरकार हुँदा यस्ता मुद्दामा नेतालाई प-क्रा-उ गर्न सरकार नै हच्किने गरेको थियो । अहिले सरकारबाट समेत प्रहरीलाई साथ छ । ‘राज्यमा स्थायी सरकार हुनु र अस्थिर सरकार हुनुमा कति फरक पर्छ भन्ने यो घटनाबाट प्रस्ट हुन्छ,’ एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘प्रहरीले पहिलेदेखि नै प्रयास गरे पनि सरकारको साथ नहुँदा आलमजस्ता व्यक्तिले उन्मुक्ति पाउँदै आएका थिए।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *