प्रमुख समाचार

बेलायती संसदद्वारा मध्यावधी निर्वाचन गराउने प्रधानमन्त्रीको प्रस्ताव पुन: अस्वीकृत

एजेन्सी । बेलायतको तल्लो सदन हाउस अफ कमन्सले मध्यावधी निर्वाचन गराउने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत गरेको छ ।
प्रधानमन्त्री बोरिस जोनसनले डिसेम्बर १२ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए ।संसद्मा भएको मतदानमा पक्षमा २ सय ९९ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको थियो ।

प्रधानमन्त्रीको प्रस्ताव पारित हुनका लागि कुल ४ सय ३४ मत आवश्यक थियो । मतदानअघि संसद्मा बोल्दै प्रमुख प्रतिपक्षी नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री जोनसनलाई विश्वास गर्न नसकिने बताएका थिए । यसअघि युरोपेली सङ्घका नेताहरूले ब्रिटेन ईयूबाट बाहिरिने ब्रेक्जिटको समयसीमालाई आगामी ज्यानुअरी ३१ तारिखसम्मका लागि लम्बाउन सैद्धान्तिक सहमति जनाएका थिए ।

यसको अर्थ पहिले भनिँदै आएजस्तो आउँदो बिहीवार अक्टोबर ३१ तारिखमा ब्रिटेन युरोपेली सङ्घबाट अलग हुने छैन । युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले यसरी लम्बाइएको समयसीमालाई लचिलो प्रकृतिको भएको भन्नलाई “फ्लेक्सटेन्सन“ भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *