मनोरंजन

रातो पहिरनमा खुलेकी क्याट्रिना

बलिउडकी सुन्दर अभिनेत्री क्याट्रिना केफले फेरि एक पटक सबैको ध्यान तानेकी छन्।

आइतबार बच्चन परिवारले आयोजना गरेको एउटा कार्यक्रममा अभिनेत्री क्याट्रिना सहभागी भइकी थिइन्।

रातो रंगको पहिरनमा सजिएकी उनले सबैको ध्यान तानिन्।

उनको सुन्दरताको बलिउडमा मात्रै नभई संसारभर चर्चा हुने गरेको छ। हरेक लुक तथा पहिरनले उनी बेलाबेला चर्चामा आइरहन्छिन्।

जब क्याट्रिना रातो रंगको चोलो लेहंगा र दोपट्टा लगाएर पाटिमा पुगिन तब सबैका आखाँ उनीमा गएर रोकिए। सहभागी भएकाहरूले निकै ध्यानपूर्वक उनलाई हेरेका थिए।

निधारमा रातो रंगको टीका, उनको मन्द मुस्कानले सबैलाई मोहित पारेको थियो। केफलाई यो डे«स खुबै सुहाएको थियो।

क्याट्रिनाको तस्बिर सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ। उनका शुभचिन्तकहरले उनको यो गेटअपलाई खुबै मन पराएका छन्।

कैफ यतिबेला रोहित शेट्टीको फिल्म सुर्यवंशीमा काम गर्दैछिन।

फिल्ममा उनी नायक अक्षय कुमारकी श्रीमतिको भूमिकामा देखिने छन्। फिल्म २७ मार्च २०२० मा प्रदर्शन हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *