प्रमुख समाचार

अश्लिल गालि गर्दै शेरबहादुर देउवाले मुख छाडे विद्यार्थीलाई (भिडियो सहित)

काठमाडाैँ । विधान मिचेर नेपाल विद्यार्थी संघमा ५० वर्ष पुगेका नेतालाई सभापति बनाउन खोजेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले आफ्नै पार्टीका नेताहरु विरुद्ध नाराबाजी गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा, शशांक कोइरालादेखि नेता कृष्ण प्रसाद सिटौलालाई कार्यकर्ताहरूले स्वागतको साटो घेरेर नाराबाजी गरेका छन् ।

कार्यकर्ताहरूले ‘विधान मिच्न पाइँदैन, टीके प्रथा चाहिँदैन, हनुमान नेता चाहिँदैन’ जस्ता नारा लगाएका थिए । उक्त नारा सुनेपछि पार्टी सभापति देउवा आक्रोशित हुँदै मुख छाडेका हुन् । कार्यकर्ताहरुलाइ सुरुमा हकारेका देउवाले मुख समेत छाडेको एक विधार्थीहरुले जानकारी दिएका छन् ।

नाराबाजी गरिरहेका एक विधार्थीले मिडिया सामु उल्लेख गर्दै भने: “नाराबाजी गरिरहेका हामीतिर औँला ठड्याउँदै देउवाले मा……,मु………,चि……..सहितका प्रयोग गरेर गाली गर्नुभयो । त्यसपछि हामी विरोध गर्दै पार्टी कार्यालय भित्रै सम्म नाराबाजी गर्दै गयौँ ।” सभापति देउवाले विद्यार्थीलाई मुख छाडेकाे सजिलै अनुमान गर्न सकिने भिडियाेमा देखिन्छ । भिडियाेमा देउवाले नाराबाजी गरिरहेका विद्यार्थीलाई हातकाे औँला ठड्याउँदै रिसाउँदै केही भनिरहेका देखिन्छ । साेही बेला पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालगायतका नेताले देउवालाई कार्यालयभित्र लगेकाे भिडियाेमा प्रष्ट देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *