प्रमुख समाचार

प्रधानमन्त्री ओलीका बडीगार्ड नै जुवाको खालबाट समातिए, बालुवाटरमा हंगामा !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका बडीगार्ड जुवाको खालबाट समातिएका छन् । काठमाडौं प्रहरी परिसर, टेकुले नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीलाई पक्राउ गरेको हो ।

टोखामा प्रहरीले चलाएको जुवा अपरेशनका क्रममा शाही पक्राउ परेका हुन् । उनले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भएको बयान दिएको जनाइएको छ । शाहीसहित प्रहरीले थप ८ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ ।

पक्राउ पर्ने अन्यमा बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा छन् । उनीहरुको साथबाट १ लाख ५९ हजार रुपैयाँ बरामद भएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *