मनोरंजन

अभिनेत्री काजल अग्रवालले भनिन्–‘चाँडै विहे गर्छु’

बलिउड अभिनेत्री काजल अग्रवाल आफ्नो आगामी तमिल फिल्म ‘इन्डियन–२’का कारण चर्चामा छन् । आफ्नो सुन्दरता र अभिनयका कारण अभिनेत्री काजल सँधै चर्चामा आइरहने अभिनेत्री पनि हुन् । उनको अभिनयलाई दर्शकहरुले खुब रुचाउँदै आएका छन् ।

भर्खरै मात्र अभिनेत्री काजलले आफ्नो विहे र रिलेशनसीपको विषयमा खुलासा गरेकी छन् । उनले एक अन्तर्वार्तामा चाँडै विहे गर्ने बताएकी छन् । एक च्याट शोको क्रममा काजललाई रिलेशनसीपको विषयमा प्रश्न गरिएको थियो । जहाँ उनले भनिन् –‘हो, मैले चाँडै विहे गर्ने तयारी गरिरहेकी छु ।’

अभिनेत्री काजलले चाँडै विहे गर्ने बताइरहँदा आफ्नो ब्वाईफ्रेण्डको विषयमा भने केही बोलिनन् । उनले आफ्नो फ्युचर श्रीमानमा धेरै खुबीहरु हुनुपर्ने बताएकी छन् । काजलले आफ्नो फ्युचर श्रीमानमा सबै भन्दा बढी पोजेटिभ, केयरिङ र स्पिरिच्युअल हुनुपर्ने बताएकी छन् ।

जानकारी अनुसार काजलले एक विजिनेश म्यानलाई डेट गरिरहेकी छन् । उनीहरु चाँडै बैबाहिक बन्धनमा बाँधिदै छन् । अभिनेत्री काजलले एरेञ्ज म्यारिज गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *