मनोरंजन

जानीराखौं अभिनेत्री दीपिकाको फिटनेश सुत्र

काठमाडौं । बलिउड उद्योगमा सबै भन्दा सुन्दर र फिट अभिनेत्रीको रुपमा दीपिका पादुकोणलाई चिनिन्छ । फुड लभर भएता पनि दीपिकाले आफ्नो डाइट र फिटनेसमा निकै ध्यान दिन्छन् । पर्फेक्ट फिगर र फ्लोरेस स्किन पाउन दीपिकाको लागि सजिलो थिएन । दीपिकाले आफूलाई फिजिकल्ली र शेपमा राख्नका लागि जमेर कसरत गर्छिन् ।

यस्तो रहेको छ दीपिकाको फिटनेस सुत्रः

– दीपिका आफ्नो डाइटलाई लिएर निकै पार्टिकुलर छन् । रिपोर्टका अनुसार दीपिकाले दिनमा छ पटक थोरै–थोरै खाने गर्दछन् । दीपिकाले आफ्नो डाइटमा हेल्थी चिजलाई मात्र समावेश गर्छन् ।

– दीपिकाको दिनको सुरुवात पानी पिएर सुरु हुन्छ । दीपिकाले विहान पानी पिउँदा एक चम्चा मह र कागती मिसाएर पिउँछन् ।

– ब्रेकफास्टमा दीपिकाले दुई वटा अण्डा, २ दाना बदाम, एक कप लो फ्याट मिल्क र दुई इडली या प्लेन सोडा लिने गर्दछन् ।

– लञ्च भन्दा अगाडि उनले फ्रेश फ्रुट्स खान्छन् । त्यसपछि लञ्चमा घरमा बनेको सिम्पल खाना खान्छन्, जस्तै– दाल, रोटी, सब्जी, सलाद र दही खान्छन् ।

– बेलुकाको समयमा फिल्छर कफी, नट्स, फ्रुट्स खान्छन् । त्यसपछि डिनरमा सागसब्जी, रोटी, फ्रेश ग्री सलाद आदी खान्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *