प्रमुख समाचार

को हुन् ती व्यक्ति जसले अमेरिकालाई बगदादीको सूचना दिएवापत पाउनेछन् २ अर्ब ८३ करोड?

एजेन्सी। आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)का प्रमुख अबु बकर अल बगदादीको गोप्य अड्डाको बारेमा जानकारी दिने सुराकीलाई २५ मिलियन डलर (२ अर्ब ८३ करोड नेपाली रुपैयाँ) पुरस्कार दिइनेछ । यी व्यक्ति आइएससँग जोडिएका थिए र उनैले टर्कीको सीमामा भएको अमेरिकी सेनाको अपरेशनमा सहयोग गर्दै बगदादीको हत्यामा महत्वपूर्ण भूमिका निभाएका थिए । एक अमेरिकी अखबारका अनुसार अज्ञात देशको राष्ट्रियता भएका यिनै व्यक्तिले बगदादीको पछिल्लो अड्डाको बारेमा अमेरिकी सेनालाई विस्तृत जानकारी दिएका थिए ।

अखबारका अनुसार अमेरिकी अपरेशनको क्रममा बगदादीको सिरियाली परिसरको भित्र रहेका यही भित्री सूत्रले न केवल बगदादी लुकेको ठाउँबारे बताए, यसका साथै त्यस स्थानको सही आन्तरिक नक्शा पनि उपलब्ध गराएका थिए । अखबारसँग कुरा गर्दै सिरियन डेमोक्रेटिक फोर्सेसका जनरल मजलुम आब्दीले भने ‘सुराकीले टर्कीको सीमामा स्थित आतंकवादी नेताको परिसरस्थित एक एक कोठाको सही जानकारी नक्शासमेत बताएका थिए । यसमा सुरक्षाकर्मीको संख्या, फ्लोर प्लान र सुरुङको जानकारी पनि थियो ।’

यी सुराकीलाई बगदादीमाथि राखिएको २५ मिलियन डलरको पूरै पुरस्कार दिइने सम्भावना छ । मानिएको छ कि यी त्यही व्यक्ति हुन् जसले यसै वर्ष अमेरिकालाई बगदादीले प्रयोग गरेका अण्डरवेयर र उनको रगतको नमूना उपलब्ध गराएका थिए । जसको सहयोगले अमेरिकाले बगदादीको डिएनएबारे जानकारी हालि गरेको थियो । गत शनिबार अपरेशनका क्रममा बगदादी मारिएपछि अमेरिकी सेनाले तिनै नमूनाका आधारमा बगदादीका अवशेषको पहिचान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *