प्रमुख समाचार

चाहिनेभन्दा बढी नै भयाे हिउँदे वर्षा, आज पनि अधिकांश स्थानमा वर्षा र हिमपात हुने

काठमाडाैँ। पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा बिहीबार रातभर वर्षा भएको छ। अहिले (शुक्रबार बिहान)सम्म वर्षा जारी नै छ । देशका अधिकांश स्थानमा वर्षा भएको महाशाखाले जनाएको छ ।

यसपालि चाहिनेभन्दा बढी नै हिउँदे वर्षा भएको अनुमान महाशाखाकाे छ । यसैगरी देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपता भइरहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) पनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपात हुने सम्भावना छ ।

महाशाखाले शुक्रबार बिहान प्रकाशन गरेको बुलेटिनमा भनिएको छ, ‘पश्चिम तथा मध्य नेपालको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ ।’ महाशाखाले मुलुकभर आगामी २४ घण्टा वर्षा तथा हिमपात नरोकिने अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *