प्रमुख समाचार

टुँडिखेलबाटै हिमाल देखिन्थ्याे, अब त अग्ला घरले छेक्याे : सत्यमोहन जोशी

ललितपुर, ३ माघ । ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीले विसं १९९० को भूकम्पपश्चात उपत्यकाबासी काठमाडौँको टँडिखेलमा गएर रात बसेको स्मरण गर्नुभएको छ ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६ का अवसरमा ललितपुर महानगरपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा बिहीबार उहाँले भन्नुभयो, “त्यस बेला टुँडिखेल एसियाको सबैभन्दा ठूलो ठाउँ थियो । हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।”

जोशीले विगतमा टुँडिखेलबाट हिमाल र पहाड छर्लङ देखिने स्मरण पनि गर्नुभयो । अचेल त अग्ला घरका कारण हिमाल छेकिन पुगेको उहाँकाे गुनासो थियाे।

कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले पाटनमा सम्भाव्य जोखिम न्यूनीकरणका गर्न भवन निर्माण आचारसंहितालाई अनिवार्य लागू हुनुपर्ने बताउनुभयाे । ललितपुरका प्रजिअ भगीरथ पाण्डेले भविष्यमा दोहोरिने सङ्कटको विचार गरी निजी घर बनाउन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *