मनोरंजन

यसकारण १५ किलो तौल बढाउँदै कृति सेनन

एजेन्सी । बलिउड सुन्दर अभिनेत्री कृति सेनन पुन एकपटक चर्चामा आएकी छन् । उनी आफ्नो आगामी फिल्म ‘मिमी’को कारणले चर्चामा आएकी हुन् । मिडिया रिपोर्ट अनुसार कृतिले उक्त फिल्मका लागि १५ किलो वजन बढाउँदै छिन् ।

सँधै जीरो फिगरमा देखिने कृतिलाई बढी वजनमा देख्नका लागि दर्शकहरु निकै उत्साहित रहेका छन् । मिमीमा कृति ‘सरोगेट मदर’को रोलमा देखा पर्दैछिन् । फिल्ममा उनको ट्रान्सफर्मेसन देख्न लायक हुनेछ ।

कृति बताउँछिन् ‘मेरो लागि यतिधेरै वजन बढाउन वास्तवमै चुनौति हो, किनभने मेरो शरीररको लागि यो एकदमै नयाँ अनुभव हो । यस बदलावको लागि म उकदमै उत्साहित छु ।’ उनले वजन बढाउनका लागि अधिक मात्रामा कार्बन र फ्याट सेवन गर्न सुरु गरिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *