मनोरंजन

यो वर्षको १०० करोड क्लब प्रवेश गर्ने पहिलो फिल्म बन्यो ‘तानाजी’

एजेन्सी। गत हप्ताको शुक्रबारबाट प्रदर्शनमा आएको अजय देवगन अभिनित फिल्म ‘तानाजीः द अनसंग वारियर’ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ ।

फिल्मले बक्स अफिसमा तहल्का मच्चाउँदै १०० करोडको आँकडा पार गरेको छ । फिल्मको कलेक्शन १०७.६८ करोड पुगेको छ ।

योसँगै यस वर्ष २०२० को ‘सय करोड क्लब’मा प्रवेश गर्ने पहिलो फिल्म पनि तानाजी बनेको छ । तानाजीसँगै दीपिका पादुकोणको ‘छपाक’ पनि सँगै प्रदर्शनमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *