काठमाडौँ, ६ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख निर्वाचनमा पार्टीबाट पुष्पा भुषाललाई सभामुखमा उठाउने तयारी गरेको छ। भुषाल कांंग्रेसकी केन्द्रीय सदस्य एबं सचेतक हुन्।
नेकपाले आइतवार स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसले पनि आफ्नातर्फबाट उम्मेदवारका रूपमा सांसद पुष्पा भुषाललाई उठाउने गृहकार्य सुरू गरेको छ। रिक्त सभामुख पदका लागि आज सोमवार बस्ने संसदको बैठकले निर्वाचन प्रक्रिया सुरू गर्ने भएकाे छ ।
यसअघि कृष्णबहादुर महरा सभामुखका लागि उठ्दा उम्मेदवारी नदिएको कांग्रेसले यसपटक भने द्वन्दकालमा हत्या अभियोगमा मुछिएका सापकोटालाई सभामुख जस्तो गरिमामय पदको उम्मेदवार बनाएको भन्दै उम्मेवारी दिन लागेको हो। अग्नि सापकोटामाथि द्वन्दकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेकाे छ । हाल उक्त मुद्दा हाल सर्बोच्चमा बिचाराधिन रहेको छ ।
कांग्रेसले सापकोटाको उम्मेदवारीले सभामुख पदको गरिमा नै धरापमा पर्ने र यसले कानुनी राज्यको समेत उपहास हुने दाबी गरेको छ ।