खेलकुद

युभेन्ट्सको जितमा रोनाल्डोको दुई गोल

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा जित निकालेको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले पार्मालाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै युभेन्ट्स तालिकाको शीर्ष स्थानमा उक्लेको छ । २० खेल खेलेको युभेन्ट्स ५१ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको इन्टर मिलानको ४७ अंक छ ।

पराजित पार्मा २८ अंकसहित तालिकाको सातौं स्थानमा छ । खेलको ४३औं मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाए । उता पार्माका लागि ५५औं मिनेटमा बराबरी गोल फर्काए । ५८औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *