प्रमुख समाचार

दामनको पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला

 

काठमाडौं – मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामन सीमभञ्ज्याङस्थित एभेरेस्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला परेका छन् ।

२ वटा कोठा भाडामा लिएर बसेका ८ जना मंगलबार अचेत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला परेका र उनीहरुलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको बताए ।

४ जना महिला र ४ जना पुरुष २ ओटा कोठा लिएर बसेका थिए । सोमबार राति राम्रोसँगै सुतेका उनीहरु बिहान भने अचेत अवस्थामा फेला परेका थिए ।

प्रहरीले चिसोबाट बच्न जलाइएको ग्यास हिटरका कारण निस्साएिर उनीहरु बेहोस भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि घटनाको विषयमा अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रमुख एसपी राठोरले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *