मनोरंजन

अभिनेत्री दत्तको खुलासा : ‘वैवाहिक क रणी’को सीनपछि म भित्रैबाट टुटेकी थिएँ, घरमा गएर धेरै रोएँ

 

एजेन्सी, ७ माघ । बलिउड अभिनेत्री दिब्या दत्ताले लामो समयपछि एक गम्भीर कुराको खुलासा गरेकी छन् । दत्ताले एक फिल्ममा ‘वैवाहिक क रणी’ को सीन दिएपछि घरमा गएर रोएको बताएकी छिन् ।

कुशल अभिनयका कारण राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेकी दत्तले एक कार्यक्रममा कुराकानीको क्रममा उक्त क रणीको सीनपछि आफू भित्रैबाट टुटेको बताएकी थिइन् ।

दत्तले ‘जश्न ए रेख्ता’ को दौरान आफ्नो व्यवसायिक जीवन र शुटिङ अनुभवको बारेमा आफ्ना कुराहरु शेयर गरेकी थिइन् । उनले भनिन्, ‘केही सयम पहिले म एउटा फिल्म शुटिङ गरिरहेको थिएँ । जसमा एउटा सीन वैवाहिक क र णीको सम्बन्धमा थियो । यस्तो सीन सुट गर्दा निर्देशक, फिल्मका अन्य क्रु मेम्बरहरु सं’वेद’नशील हुन्छन् । र सबै त्यस्तो सीनलाई राम्रो बनाउन सचेत हुन्छन् । सबै कुरालाई ध्यानमा राखिन्छ ।’

दिब्याले अगाडि भनिन्, ‘उक्त सीन गरेपछि म भित्रैबाट टु टेकी थिएँ । र, घर गएर धेरै रोएँ । त्यो समय मलाई क रणीको उक्त सीनले निकै प्रभावित पारेको थियो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *