सूचना प्रविधि

ग्यालेक्सी नोट १० लाइट लञ्च भएसँगै प्रि-बुकिङ खुला, यस्ता छन् फिचर्स

 

काठमाडौं, ०६ माघ । साउथ कोरियन टेक कम्पनी सामसुङले भारतमा पनि आफ्नो ग्यालेक्सी नोट १० लाइट (Galaxy Note 10 Lite)लाई सार्वजनिक गरेको छ । विशेषगरी यस स्मार्टफोनमा ग्यालेक्सी नोट १० (Galaxy Note 10)कै जस्तो फिचर्स दिइएको छ, तर बजार मूल्यभने नोट १० लाइटको भन्दा कम राखिएको छ ।

भारतीय स्मार्टफोनको बजार ग्यालेक्सी नोट १० लाइट (Galaxy Note 10 Lite)को मूल्य ३८,९९९ भारु तोकिएको छ । तर, यो मूल्य ६ जीवी -याम भेरियन्टका लागि मात्रै हो, ८ जीवी -याम भेरियन्टका लागि ४०,९९९ भारु तेकिएको छ ।

भारतमा भर्खरै सार्वजनिक गरिएको ग्यालेक्सी नोट १० लाइट (Galaxy Note 10 Lite) नेपाली बजारमा पनि चाँडै उपलब्ध हुने बताइएको छ । यस स्मार्टफोनलाई आँरा ग्लो, ब्ल्याक र रेड कलर भेरियन्टमा लञ्च गरिएको छ ।

भारतमा यस फोनको प्रि–बुकिङ २१ जनवरी दिउँसो दुई बजेबाट सुरु भइसकेको छ । अब आधिकारिक रुपमा २ फेब्रुअरीबाट अफलाइन र अनलाइनमा रिटेल स्टोर्समार्फत विक्री वितरण सुरु हुने बताइएको छ ।

ग्यालेक्सी नोट १० मा जस्तै ग्यालेक्सी नोट १० लाइटमा पनि ब्लूटुथ कनेक्टिभिटीको साथमा एस पेन (S Pen) पनि दिइएको छ । यस फोनमा भिडियो प्रेजेन्टेशनलाई कन्ट्रोल गर्न सकिनेछ, जसलाई रिमोट कन्ट्रोलको रुपमा प्रयोग गर्न सकिने बताइएको छ ।

साथै यसमा एयर कमाण्ड पनि दिइएको छ । सेल्फी र नर्मल फोटोका लागि एस पेनको प्रयोग गर्न सकिनेछ । ग्यालेक्सी नोट १० लाइटमा ६.७ इञ्चको फुल एचडी प्लस डिस्प्ले दिइएको छ । कम्पनीले यसको लागि इन्फिनिटी ओ (Infinity O) डिस्प्ले प्यानलको प्रयोग गरेको छ ।

यस स्मार्टफोनमा सामसुङको इनहाउस प्रोसेसर Exynos 9810 दिइएको छ, जुन 10nm बेस्ड हो । ग्यालेक्सी नोट १० लाइटमा ६ जीवी -याम र १२८ जीवी इन्टरनल स्टोरेज दिइएको छ ।

माइक्रो एसडी कार्डको सहायतामा मेमोरीलाई 1TB सम्म बढाउन सकिनेछ । यसमा 4,500mAh को व्याट्री दिइएको छ । त्यस्तै अण्डर डिस्प्ले फिङ्गरप्रिन्ट दिइएको छ । यस फोनले फास्ट चार्जिङ सपोर्ट गर्नेछ ।

यस फोनमा त्रिपल रियर क्यामेरा दिइएको छ । यसमा १२ मेगापिक्सलको अल्ट्रावाइड लेन्स दिइएको छ । त्यस्तै अर्को वाइड एङ्गल लेन्स पनि दिइएको छ, जुन १२ मेगापिक्सलको हो ।

तेस्रो क्यामेरा पनि १२ मेगापिक्सलकै दिइएको छ । तर, यो भने टेलिफोटो लेन्स हो । सेल्फीको लागि ३२ मेगापिक्सलको फ्रन्ट क्यामेरा दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *