मनोरंजन

अन्ततः अनमोल केसी र जसिता गुरुङको जोडी बाधिने पक्का…

काठमाडौं ८ माघ – लिलीबिली गर्ल जसिता गुरुङ र युवास्टार अनमोल केसीको नयाँ चलचित्रमा जोडश्र बाधिने पक्का भएको छ । चलचित्र लभ स्टेसन गरेर फुर्सदमा रहेकी जसिता गुरुङको जोडी अभिनेता प्रदिप खड्का सँग खुब रुचाइएको थियो ।

चलचित्र ‘एन्टी हिरो’ मा अभिनेता अनमोल केसीको जोडी अभिनेत्री जसिता गुरुङसँग बाँधिने निश्चित भएको छ । गएको केही महिना अगाडि नै यो चलचित्रमा जसिता हुने खबर बाहिरिएको थियो । तर, यो कुरालाई निर्माण टिमले अफवाह बताउँदै आएको थियो । बुधवार भने चलचित्रका निर्माता भुवन केसी र अभिनेत्री जसिता गुरुङबीच कागजी सम्झौता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *