खेलकुद

ग्रिजमन चम्किंदा कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गर्यो बार्सिलोना

एजेन्सी, ९ माघ । बुधबार राति भएको खेलमा बार्सिलोनाले युडी इविजालाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बार्सिलोनालाई संघर्षपूर्ण जित दिलाउनको लागि फरवार्ड एन्टोइन ग्रिजमनले दुई गोल गरे । युडी इविजाका लागि जाभी पेरेजले एक गोल गरे ।

खेल शुरु भएको ९ औं मिनेटमा नै पछि परेको बार्सिलोनाले दाेस्राे हाफमा पुनरागमन जित निकाल्न सफल भयो । खेलकाे नवौं मिनेटमा जाभी पेरेजले गोल गर्दै इविजालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा लिएको अग्रता इविजाले दोस्रो हाफमा जोगाउन सकेन । ७२औं मिनेटमा ग्रिजमनले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । उनले फ्रान्की डि जोङको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा जोर्डी अल्वाको पासमा ग्रिजमनले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।

इबिजाको घरेलु मैदनमा बार्सिलोना आफ्ना प्रमुख खेलाडी कप्तान लिओनल मेस्सी, लुइस स्वारेज, डिफेन्डर जेरार्ड पिके र सर्जियो बुस्केट्सबिना नै उत्रिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *