खेलकुद

युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा प्रवेश

एजेन्सी, ९ माघ । युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रोमालाई ३-१ ले पराजित गर्दै युभेन्ट्सले सेमिफाइनलमा प्रवेश गरेको हो ।

युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डो, रोड्रिगो बेन्टानकर र लियोनार्दो बोनुचीले समान एक-एक गोल गरे । रोमाले भने आत्मघाती गोल उपहार पाएको थियो ।

खेलको २६औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले गोन्जालो हिगुआइनको पासमा गोल गरेका थिए । ३८औं मिनेटमा रोड्रिगो बेन्टनकरले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्ज्युरी समयमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई ३-० को अग्रता दिलाए ।

पहिलो हाफमा तीन गोल गरेको युभेन्टस्ले दोस्रो हाफमा एक गोल पनि गर्न सकेन । उल्टै आत्मघाती गोल गर्न पुग्यो ।

खेलको ५०औं मिनेटमा रोमाका अण्डर्सको प्रहार पोस्टको क्रस बारमा लागेर फर्कदै गोलकिपर बुफोनलाई लागेर गोल भएको थियो ।

त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल युभेन्टस्ले ३-१ गोल अन्तरले खेल जित्यो ।

अब युभेन्ट्सले एसी मिलान र टोरीनोबीचको विजेतासँग फाइन्ल प्रवेशका लागि खेल्नेछ । अर्को सेमिफाइनलमा नेपोलीले इन्टर र फियोरेन्टिाबीचको विजेतासँग खेल्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *