काठमाडौं । दीपक मनाङे भनेर चिनिने प्रदेश सांसद पक्राउ परेका छन् । सांसद मनाङे बिहीबार पोखराको लेकसाइडबाट पक्राउ परेका हुन् ।
सांसद मनाङेलाई प्रहरीले कुटपिट आरोपमा पक्राउ गरेको हो । सांसद मनाङेले अखिल नेपाल फुटबल महासंघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङलाई मंगलबार कुटपिट गरेका थिए ।