मनोरंजन

अनेकन चुनौतीका बाबजुत ७० दिनमा प्याकअप भयो प्रेमगीत ३ को छायांकन (फोटो)

काठमाडौं, ९ मा । ७० दिनमा बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को सुटिङ सकिएको छ । ‘आशुसेन फिल्मस्’को व्यानरमा बनेको प्रेमगीत सन्तोष सेनको लगानी रहेको छ ।

प्रेमकथामा निर्माण हुने चलचित्रलाई निर्माता सेन र लेखक छेतन गुरुङले संयुक्त रूपमा निर्देशन गरेका हुन् । सेताम्य हिउँ, मुटु कमाउने जाडोको बाबजुत सुटिङ सकिएको निर्माता तथा निर्देशक सेनले बताए ।

‘विषयवस्तुको चरण समाप्तिसँगै ३/४ फिट हिउँको थुप्रो छिचोल्दै सम्पूर्ण युनिटलाई सफल्तापूर्वक विभिन्‍न माध्यमबाट सम्बन्धित स्थानमा पुर्‍याउन सफल भएका छौँ’, सेनले भने, ‘ आफूहरूलाई साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु । अब छिट्टै पोस्ट प्रोक्डसनको काम थालनी हुनेछ ।’

फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठलगायतको अभिनय रहेको छ । चलचित्र चैत २८ प्रदर्शनमा आउने निर्माण टिमले जानकारी दिएको छ ।

हेरौ केहि फोटो-

Leave a Reply

Your email address will not be published. Required fields are marked *