काठमाडौं अहिलेको चल्तीको गायक पशुपति शर्मा र मञ्जु पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । हजुरैले हो भन्ने बोलको दोहोरी गीतमा पशुपति शर्मा र मञ्जु पौडेल ले सहकार्य गरेका हुन् ।
पशुपति शर्मा र मञ्जु पौडेल को स्वर रहेको गीतमा शब्द तथा संगीत पनि गायक पशुपति शर्मा स्वयम्को छ । दुर्गा पौडेलको छायांकन तथा निर्देशन मा बनेको उक्त भिडियोमा पनि पशुपति शर्मा र मञ्जु पौडेल ले नै अभिनय गरेका छन् ।
गीतले माया प्रेम तथा त्यसमा बेरोजगारीले निम्त्याउने उतारचढाव को बिषय बस्तुको कथालाई समेटेको छ ।