मनोरंजन

तेश्रो सातामा सर्वाधिक कमाउने सूचीमा ‘तानाजी’ : सलमान, ऋतिक र रणवीर पनि पछि परे

काठमाडौं – पछिल्लो समय बलिउड अभिनेता अजय देवगनको फिल्म ‘तानाजी-द अनसङ वारियर’को चर्चा छ । यस फिल्मले बक्सअफिसमा धमाकेदार कमाइ गरेको छ । शनिबारसम्म यस फिल्मले २१२ करोड ३५ लाखको कमाइ गरेको छ ।

यस फिल्मले शनिबार मात्रै ९ करोड ५२ लाखको कमाइ गरेको थियो । यो फिल्म सन् २०२० मा २०० करोड कमाउने पहिलो फिलम बनेको छ। उनको फिल्म तानाजीको कमाइले अन्य फिल्महरु पछि परेका छन् ।

यस फिल्मले अझै राम्रो कमाई गर्ने अनुमान लगाइएको छ । कमाइको हिसाबले हेर्दा यस फिल्मले तेश्रो सातामा रणविर कपुरको ‘संजय’, सलमान खानको ‘टाइगर जिन्दा है’ र ऋतिक रोशन र टाइगरको ‘वार’ को कमाइलाई पछि पारेको छ । यस फिल्म तेश्रो सातामा सर्वाधिक कारोबार गर्ने सूचीमा पनि परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *