मनोरंजन

रोहन श्रेष्ठसँगको विहेको खबरको बारेमा के भन्छिन् श्रद्धा कपूर ?

काठमाडौं । पछिल्लो समय बलिउड अभिनेत्री श्रद्धा कपुर आफ्नो फिल्म ‘स्ट्रिट डान्सर थ्रीडी’का कारण निकै चर्चामा छन् । अहिले श्रद्धा र बरुण धवन स्टारर् ‘स्ट्रिट डान्सर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरकेको छ । यो फिल्म दर्शकमाझ रिलिजमा आएको आज चार दिन हुँदैछ ।

यसैबीच अभिनेत्री श्रद्धाले विहे गर्दैछन्, भन्ने खबर पनि बाहिरिएको थियो । यस खबरप्रति अभिनेत्री श्रद्धाका बुबा शक्ति कपूरले अफवाह मात्रै भएको भन्दै लगाम लगाइसकेका छन् । खबरमा श्रद्धा कपुरले फोटोग्राफर रोहन श्रेष्ठसँग विहे गर्नसक्छन् भन्ने उल्लेख गरिएको थियो।

तर, अहिले आएर अभिनेत्री श्रद्धाको प्रतिक्रिया पनि बाहिरिएको छ । भर्खरै टाइम्स अफ इन्डियालाई दिएकी एक अन्तवार्तामा श्रद्धाले भनेकी छन्, ‘अहिले यो विषयमा मेरो सोच्ने समय छैन । मैले आफ्नो फिल्महरुमा मात्रै फोकस गरिरहेकी छु । यी सबै खबर अफवाह मात्रै हुन् ।’

पछिल्लो समय बलिउड अभिनेत्री श्रद्धा कपुर आफ्नो फिल्म ‘स्ट्रिट डान्सर थ्रीडी’का कारण निकै चर्चामा छन् । अहिले श्रद्धा र बरुण धवन स्टारर् ‘स्ट्रिट डान्सर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरकेको छ । यो फिल्म दर्शकमाझ रिलिजमा आएको आज चार दिन हुँदैछ ।

यसैबीच अभिनेत्री श्रद्धाले विहे गर्दैछन्, भन्ने खबर पनि बाहिरिएको थियो । यस खबरप्रति अभिनेत्री श्रद्धाका बुबा शक्ति कपूरले अफवाह मात्रै भएको भन्दै लगाम लगाइसकेका छन् । खबरमा श्रद्धा कपुरले फोटोग्राफर रोहन श्रेष्ठसँग विहे गर्नसक्छन् भन्ने उल्लेख गरिएको थियो ।

तर, अहिले आएर अभिनेत्री श्रद्धाको प्रतिक्रिया पनि बाहिरिएको छ । भर्खरै टाइम्स अफ इन्डियालाई दिएकी एक अन्तवार्तामा श्रद्धाले भनेकी छन्, ‘अहिले यो विषयमा मेरो सोच्ने समय छैन । मैले आफ्नो फिल्महरुमा मात्रै फोकस गरिरहेकी छु । यी सबै खबर अफवाह मात्रै हुन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *