प्रमुख समाचार

काठमाडौंमा किन खेल्दैछ बादल र घामले लुकामारी ? यस्तो रहेछ खास कारण !

काठमाडौं । देशको पश्चिम भेग भएर पश्चिम न्यून चापीय प्रणाली नेपाल भित्रिएकोले आगामी ३ दिन बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसमविद् प्रतीभा मानन्धरकाअनुसार अफगानिस्तान र पाकिस्तान हुँदै सोमबार बिहान भित्रिएको नयाँ प्रणालीको प्रभाव अहिले देशको पश्चिम भागमा परिरहेको छ । यसकै प्रभावस्वरूप हिमाली भेगमा हिमपात र पश्चिमकै पहाडी र तराईमा हल्का वर्षा भइहेको उनले जानकारी दिइन्।

यो प्रणालीको प्रभाव अहिले देशको पूर्वी र मध्य भागमा भने सामान्य रूपमा परेको छ । त्यसैले यी क्षेत्रमा आज पानी पर्ने सम्भावना छैन । पानी नपरे पनि काठमाडौंलगायतका क्षेत्रमा आज दिनभर घाम र बादलको लुकामारी भने जारी रहने मानन्धरले जानकारी दिइन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिम न्यून चापीय मौसमी प्रणाली भोलिदेखि भने देशको पश्चिमसँगै मध्य र पूर्वी भागसम्म फैलने छ। यसको फैलावटले भोलि हल्कादेखि सामान्य वर्षा हुने खतरा रहेको मौसमविद् मानन्धर बताउँछिन् । उनका अनुसार, हिमाली क्षेत्रमा भने हिमपात हुनसक्छ ।पर्सि दिनभर यो श्रृंखला जारी रहे पनि बिहीबार साँझबाट भने मौसमी सुधारिने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण छ । शुक्रबारबाट भने देशका अधिकांश भागको मौसम घमाइलो हुने महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *